न्युयोर्कमा गोली चल्यो, १० जना घाइते
मेरोन्यूज
२०७८ चैत ३० गते ८:३५

न्युयोर्क । न्युयोर्कको ब्रुकलिनमा एउटा सबवे रेलभित्र गोली चल्दा कम्तीमा १० जना घाइते भएका छन् । गोली लागेकामध्ये पाँच जनाको अवस्था गम्भीर छ । ब्रुकलिनको सबवे रेलभित्र आक्रमण गर्नुअघि ग्यास मास्क लगाएका आक्रमणकारीले धुवाँको क्यानिस्ट फालेर यात्रुहरूलाई आतंकित बनाएका थिए ।
‘बन्दुकधारीहरूले दुई ओटा क्यानिस्टर खोलेपछि पछि सबवेमा धुवा फैलिएको थियो । रेल ३६औं स्ट्रीट स्टेसनमा तानिएपछि आक्रमणकारीले धेरै यात्रुहरूलाई गोली हाने’, न्युयोर्क शहर प्रहरी आयुक्त किचान्त सेवेलले भने ।
नियोन सुन्तला रंगको भेस्ट र खैरो रंगको स्वेटर लगाएका आक्रमणकारीले हाते बन्दुक प्रयोग गरेको प्रहरीले बताएको छ । आक्रमण लगत्तै उनी फरार छन । संदिग्ध ६२ वर्षीय एक पुरुषको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया