पन्ध्र सञ्चार गृहको ‘एक नेपाल’ एप सार्वजनिक

काठमाडों । मिडिया एलायन्स नेपालमा आबद्ध १५ वटा मूलधारका सञ्चार गृहले विश्वसनीय र सत्य समाचार शीघ्रातिशीघ्र आम पाठकसमक्ष ल्याउने उद्देश्यले नयाँ वर्ष २०७९ सँगै एक नेपाल नामक एप प्रयोगमा ल्याएका छन् ।
पछिल्लो समय सम्पूर्ण नेपाली मिडिया क्षेत्रलाई नै असर पर्ने गरी असत्य, भ्रामक र अतिरञ्जित समाचार आउन थालेको महसुस गर्दै मिडिया एलायन्स नेपालले पाठकमा विश्वसनीय र भरपर्दो समाचार छिटोभन्दा छिटो पु¥याउन एक नेपाल एप परियोजना ल्याएको हो ।
‘हामी पेसागत प्रवद्र्धनका लागि संगठित भएका हौं, तर हाम्रो अन्तिम लक्ष्य भनेको मिडियाका पाठकहरु नै हुन् । उनीहरुले सही समाचार पाएका छैनन् भने हामी संगठित हुनुको के अर्थ ?’ मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार भन्नुहुन्छ– ‘यस एपले पाठकप्रतिको हाम्रो सेवाभाव र इमानदारी साबित गर्नेछ । शुरुमा मिडिया एलायन्सका सदस्य मात्र यस एपमा भए पनि पछि अरु मिडियालाई पनि समिटिनेछ ।’
‘मूलधारको मिडिया यसरी एउटा साझा मञ्चमा आएर सत्य समाचार मात्र दिने भनेर प्रतिबद्ध हुनु ठूलो कुरा हो । सत्य र सकारात्मक समाचारले समाजमा राम्रो प्रभाव पार्छ । मूलधारको मिडियाका लागि यो अति आवश्यक समयसान्दर्भिक परियोजना हो । यसमा चुनौती पनि धेरै छन् । शुरुवात भयो, यो राम्रो कुरा हो’, एक नेपालका अध्यक्ष दिरेकलाल श्रेष्ठले भने– ‘अब हरेक तीन महिनामा सेवाग्राहीको सुझाव लिएर नयाँ–नयाँ फिचर थप्नेछौं ।’
आम पाठकलाई सत्य समाचार दिन नसके मिडिया एलायन्स नेपालको अर्थ नहुने सोचका साथ ल्याइएको एक नेपाल एप एलायन्समा आबद्ध सबै सञ्चार गृहको साझा परियोजना हो । मिडिया एलायन्स नेपालमा मूलधारका छापा, रेडियो र टेलिभिजन समावेश रहेकाले सबैको प्रतिनिधित्व झल्किने गरी एक नेपालमा पढ्ने, सुन्ने र हेर्ने तीनै माध्यमबाट सेवा लिन सकिने व्यवस्था छ । प्रिन्ट पीडीएफ, लाइभ रेडियो र लाइभ टिभी एक ठाउँमा पाइने भएकाले एक नेपाल सबैको प्रिय हुने विश्वास मिडिया एलायन्स नेपालको छ ।
समाचारसँगै यस एपमा आम व्यक्तिको जीवनमा अति आवश्यक प्रयोगका विषय पनि समेटिएका छन् । शेयर बजार, सुनचाँदी मूल्य, मौसमी विवरण, विदेशी मुद्रा सटही दर, मिति परिवर्तन, भूमि परिमाण हिसाब, वजन क्याल्कुलेटर, युनिकोड रुपान्तरण, ईएमआई हिसाबलगायतका आधारभूत विषयमा पनि एपबाट जानकारी लिन सकिनेछ ।
अहिले बेटा भर्सनमा लन्च गरिएको एक नेपाल केही महिनाभित्रै सेवाग्राहीहरुको सुझावसमेत समेटेर फुल भर्सनमा अपडेट गर्ने तयारी छ । ‘गलत र भ्रमपूर्ण समाचारविरुद्ध सही र शीघ्र समाचार’ नाराका साथ आएको एक नेपालले अनावश्यक भ्रम र तनाव बोकेर हिँड्न बाध्य लाखौं पाठक, दर्शक र श्रोतालाई बौद्धिक तथा मानसिक सुरक्षा प्रदान गर्नेछ ।
















NCP takes critical stand in parliament, Barsha Man Pun says
Harka Sampang insists on proper conservation, utilisation of natural resources
गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
प्रतिक्रिया