निर्वाचन पर्यवेक्षणका लागि ६५ वटा संस्थाले दिए निवेदन
मेरोन्यूज
२०७९ वैशाख १ गते १८:००
काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षकका लागि ६५ वटा संस्थाले निवेदन दिएका छन् ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षण गर्न इच्छुक संस्थालाई १५ दिनको समय दिई चैत १३ गते सूचना प्रकाशित गरी आवेदन मागेको थियो ।
‘सो अवधिभित्र ६५ वटा संस्थाबाट विद्युतीय माध्यमद्वारा निवेदन प्राप्त भएको छ,’ आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
निवेदन दिने संस्थाबाट प्रस्तावित पर्यवेक्षकको संख्या २० हजार ४६७ रहेको आयोगले जनाएको छ । तीमध्ये पुरुष ११ हजार ६९४, महिला ८ हजार ४८२ र अन्य २९१ जना रहेका छन् ।
निवेदनमाथि जाँचबुझ गरी यथाशीघ्र पर्यवेक्षण अनुमति सम्बन्धी निर्णय गरिने आयोगले बताएको छ ।
सम्बन्धित
















लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्यः प्रतिनिधिसभाका सभाध्यक्ष केसी
जिम्मेवारी पूरा गरेर मतादेशको ऋण तिर्नेछौँः सभापति लामिछाने
सेयर बजारमा सामान्य वृद्धि
मालपोत र यातायात कार्यालय सुर्खेतबाट १६ बिचौलिया प्रक्राउ
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया