अर्जुन दासको हत्या आरोपी चार जना पक्राउ

काठमाडौँ । गत पुस ३ गते कैलालीको जानकी गाउँपालिका ९ अमरावती सामुदायिक वनमा घाँटी रेटेर अर्जुन दासको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । मोबाइल चोरी गरेको आरोपमा चार जना मिलेर दासको हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्या आरोपमा प्रहरीले १९ वर्षीय सुमित साउद, १९ वर्षीय बमे भन्ने बम बहादुर बोहोरा, १९ वर्षीय रोनी परियार भन्ने दिलिप दास र १९ वर्षीय मनोज भण्डारीलाई पक्राउ गरेको हो । उनीहरू सबै मृतक दासकै ठाउँका हुन् ।

उनीहरूले लागु पदार्थ सेवन गरी कुटपिट गर्दै अर्जुनलाई घाइते बनाएका थिए । पछि उनीहरूले साजको रूखमा बाँधेर अर्जुनको घाँटी रेटी हत्या गरेका थिए । उनीहरूलाई रुपन्देही सिदार्थ नगरपालिका १ बेलहिया सिमानाकाबाट गोप्य सूचनाको आधारमा पक्राउ गरेका प्रहरीले जनाएको छ ।
उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गरिएको छ ।
















नवीकरणीय ऊर्जाका लागि सशक्त कानुन बनाइँदै छ : मन्त्री सिन्हा
धनुषाका १९४ मतदानस्थल अतिसंवेदशनशील
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
यातायात कार्यालय सुधारका लागि संसदीय समितिको १० बुँदे निर्देशन
दुई हजार एक सय जना एमालेमा प्रवेश
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई जिम्बाबेले दियो १ सय ३० रनको लक्ष्य
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
प्रतिक्रिया