चौथो जितसंगै बैंगलोर तेस्रो स्थानमा उक्लियो
मेरोन्यूज
२०७९ वैशाख ४ गते ६:२८

काठमाडौं । दिल्ली क्यापिटल्सलाई १६ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग(आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले चौथो जित निकालेको छ ।
शनिबार राति बैंगलोरले दिएको १९० रनको विजयी लक्ष्यमा दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर मात्र १७३ रन बनाउन सक्यो ।
दिल्लीका डेभिड वार्नरले सर्वाधिक ६६ रन बनाए । यस्तै कप्तान ऋषव पन्तले ३४ रनको योगदान दिए । बैंगलोरका जोश हाजलउडले ३ तथा मोहमद सिराजले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १८९ रनको योगफल तयार पार्यो ।
बैंगलोरका दिनेश कार्तिकले ६६ रन बनाए । ग्लेन म्याक्सवेलले ५५ रनको योगदान गरे ।
जितसँगै बैंगलोरले ६ खेलबाट ८ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । दिल्ली ५ खेलबाट ४ अंक जोडेर आठौं स्थानमा छ ।
सम्बन्धित
















‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’:‘प्रचण्ड’
नवलपरासीमा आगलागी, १२ घर जले
म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
युद्धविराम लम्बिँदा तनाव यथावत्
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
प्रतिक्रिया