बुधबार, माघ १४, २०८२

तालमेलको सम्भावना नरहेको ठाउँमा तालमेल हुदैन : गगन थापा

मेरोन्यूज २०७९ वैशाख ४ गते १२:०२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एक -दुई दिनभित्र जति ठाउँमा तालमेल नहुने स्थानलाई थप समय उपलब्ध नहुने बताएका छन् ।

आइतबार बुढानीलकण्ठमा आयोजित एक कार्यक्रममा थापाले अबको एक -दुई दिनभित्रमा जहाँ-जहाँ तालमेलको सम्भावना त्यहाँ मात्र तालमेल हुने बताएका हुन् । उनले ‘तालमेलको सम्भावना नरहेको ठाउँमा तालमेल हुदैन् ।’

उनका अनुसार तल तालमेल गर्ने कुरा मिले मिल्छ । तल तालमेल मिलेन भनेर माथि पठाउन हुँदैन । तालमेलको टुंगाउने अधिकार तल्लो तहलाई नै छ । केही स्थानमा तालमेलमा असहमति भएपछि निर्णयाधिकार माथिलाई दिइएको छ ।

प्रतिक्रिया