बुधबार, माघ १४, २०८२

धादिङमा कांग्रेस,माओवादी र समाजवादीबीच सहमति, जसपालाई बोलाइएन

मेरोन्यूज २०७९ वैशाख ४ गते १३:२८

काठमाडौं । सत्तारुढ गठबन्धनका तीन दलहरू धादिङमा स्थानीय तह बाँडफाँडमा सहमति नजिक पुगेका छन् ।

आइतबार जिल्ला सदरमुकाम धादिङबेसीमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शिर्ष नेताहरुको बैठकले १३ स्थानीय तहको प्रमुख पदको सहमति नजिक पुगेका हुन् ।

जसमा कांग्रेसले ७, माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले ३ स्थानीय तहको नेतृत्व लिनेबारे सहमति भएको एकीकृत समाजवादीका सचिव सुवास खतिवडाले बताए । उनले कुन तहको कसले लिने भन्ने भने सहमति नभएको समेत बताए ।

उक्त बैठकमा जसपालाई भने नबोलाइएको जसपाका केन्द्रीय सदस्य राजु नेपालले जानकारी दिए । आइतबार जसपा र नेकपा एमालेका नेताहरूबीच स्थानीय तहमा सम्भावित तालमेलबारे प्रारम्भित छलफल सुरु गरेको छ ।

प्रतिक्रिया