शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको भन्दै गैंडाकोटमा तनाव, ६ प्रहरी घाइते

काठमाडौं। नवलपरासीको गैंडाकोटस्थित जनक माध्यमिक विद्यालयका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । विद्यालयको शिक्षकले एक छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिँएका हुन् ।
विद्यार्थीहरु आन्दोलनमा उत्रिएसँगै विद्यालय परिसर तनावग्रस्त बनेको छ । कक्षा १२ मा अध्ययन गर्ने एक छात्रालाई विद्यालयका शिक्षकले सम्वेदनशील अंगमा छुने, अश्लिल भिडियोहरु देखाउने गरेको भन्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीले विद्यालय तोडफोड गरेको प्रहरीको भनाई छ ।
विद्यार्थीहरुले विद्यालयका प्रधानाध्यापक चुडामणी शर्मा र छात्रालाई दुर्व्यवहार गर्ने शिक्षकको मोटरसाइकल समेत जलाएको प्रहरीले जनाएको छ ।
दुव्र्यवहार गरेको आरोपमा सोही सिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्रेका शिक्षकलाई प्रहरीले लुकाउन खोजेको भन्दै बिद्यार्थीहरुले ढुंगामुढा गर्दा ६ जना प्रहरीसमेत घाइते भएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।
विद्यार्थीहरुले शिक्षकलाई राखेकै कोठामा पुगेर आक्रमण गर्न थालेपछि प्रहरीले हवाइफायरसमेत गरेको छ । विद्यार्थीहरुलाई लाठिचार्ज गरेर तितरवितर बनाउने काम भैरहेको प्रहरीले जनाएको छ ।














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया