धादिङको रुवी भ्याली सेर्तुङमा पहिलोपटक पुग्यो एम्बुलेन्स

धादिङ। धादिङको रुवी भ्याली गाउँपालिकाको सेर्तुङमा रहेको ग्रामीण अस्पतालमा एम्बुलेन्स सेवा संचालनमा आएको छ । यातायातको पहुँच पुग्न नसकेको जिल्लाको विकट क्षेत्र सेर्तुङमा अहिले सडक सञ्जाल पुगेपछि पहिलो पटक एम्बुलेन्स सेवा सञ्चालनमा आएको हो ।
स्थानीय सरकार आएपछि निरन्तर सडक विस्तारको प्रयास गर्दा अन्तिम वर्षसम्म आइपुग्दा सडक सञ्जाल जोड्न सफल भएको गाउँपालिकाका अध्यक्ष चेरुङ तामाङले बताए ।
पहिले केही दुर्घटना वा विपदमा परेका व्यक्तिलाई उद्धार गर्न हेलिकप्टरको प्रयोग गर्नुपर्ने तथा अप्ठ्यारो परिस्थिति झेल्नुपर्ने बाध्यता अब हटेको उपाध्यक्ष विना लामाले बताइन् ।
सडक नपुग्दा स्थानीयबासीलाई खाद्यान्न लगायत आधारभूत सामानहरू घरसम्म लैजान खच्चर तथा लामो बाटो मान्छेले नै बोकेर लानुपर्ने समस्या थियो ।
तर, अब यातायातको पहुँच पुगेसँगै धेरै सहज भएको स्थानीयले बताएका छन् । धेरै समय यातायातको पहुँच बाहिर रहेका सेर्तुङबासी अहिले गाउँमै सडक पुगेपछि खुसी भएका छन् ।
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया