कांग्रेसको घोषणापत्र तयारी समितिमा थप सदस्य मनोनित
मेरोन्यूज
२०७९ वैशाख ४ गते २०:०७

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ‘स्थानीय तह निर्वाचन २०७९, घोषणापत्र तयारी समिति’मा थप सदस्यहरू मनोनयन गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णयानुसार महामन्त्री गगनकुमार थापा संयोजकत्वमा गठित समितिमा उनले आज थप सदस्य मनोनित गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सभापति देउवाले समिति सदस्यमा किरण यादव, फखरुद्दीन खान, प्रकाश पन्थ, उमा वादी, सन्तोषमणि नेपाल, डा. लोचन कार्की, श्याम पटेल, कृष्णप्रसाद तिमिल्सिना, नीलकण्ठ शर्मा, विभूषण विष्ट, शिशिर खनाल, सरोज पाठक, कञ्चन झा, प्रेम विश्वकर्मा, सुवास अधिकारी, डा. ई सुमन कर्ण, गोकर्ण बन्जाडे, कृष्णकुमार सिंह र रमेश पुरीलाई मनोनित गरेका हुन् ।
सम्बन्धित
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
प्रतिक्रिया