देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर

चितवन । अग्नि ग्रुपअन्तर्गतको कुरिनटार शाखाले महिन्द्राका सवारीधनीहरूका लागि हरेक वर्ष आयोजना गर्दै आएको विशेष सर्भिस क्याम्प ‘महिन्द्रा केयरफेस्ट २०८२ : सर्भिस उत्कृष्ट, गाडी चिटिक्क’ माघ ९ गतेदेखि औपचारिक रूपमा सुरु गरेको छ।
यो केयरफेस्ट माघ ९ गतेदेखि १४ गतेसम्म (सन् २०२६ जनवरी २३ देखि २८ तारिखसम्म) सञ्चालन हुनेछ। ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै यस अवधिमा शनिबारसमेत सर्भिसिङ सेवा उपलब्ध गराइने शाखाले जनाएको छ।
महिन्द्रा केयरफेस्टको मुख्य उद्देश्य महिन्द्राका ग्राहकहरूलाई विश्वसनीय तथा आधिकारिक सर्भिसिङका साथै आकर्षक छुट र थप लाभहरू प्रदान गर्नु रहेको छ।
चितवनको कुरिनटार, मलेखु, मुग्लिन लगायत पायक पर्ने क्षेत्रलाई समेट्ने सुविधासम्पन्न कुरिनटार शाखामा शुक्रबार आयोजित एक विशेष समारोहबीच केयरफेस्टको उद्घाटन गरिएको हो। सो अवसरमा शाखा प्रबन्धक सुरेश रायमाझी ले केयरफेस्टसम्बन्धी जानकारी दिनुभएको थियो। उद्घाटन समारोहमा ग्राहकवर्ग तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

यो कार्यक्रम देशभरका ५३ भन्दा बढी शाखा, डिलर तथा वर्कसपहरूमा एकैसाथ सञ्चालन भइरहेको छ।
केयरफेस्टअन्तर्गत महिन्द्राद्वारा प्रमाणित दक्ष प्राविधिकहरूले जेन्युन स्पेयर पार्ट्स तथा अत्याधुनिक डायग्नोस्टिक उपकरण प्रयोग गरी सवारीसाधनको सर्भिसिङ गर्नेछन्। सर्भिसका लागि आउने ग्राहकहरूले निःशुल्क ४५–पोइन्ट चेकअप, निःशुल्क जनरल लेबर चार्ज तथा निःशुल्क कम्प्युटराइज्ड डायग्नोसिस सुविधा प्राप्त गर्नेछन्।
त्यसैगरी,
• कम्प्युटराइज्ड ह्विल अलाइनमेन्टमा ५० प्रतिशत छुट
• जेन्युन एक्सेसरिजमा ५० प्रतिशतसम्म छुट
• ए.सी. चार्जिङमा २० प्रतिशत छुट
• जेन्युन स्पेयर पार्ट्स तथा ल्युब्रिकेन्ट्समा १० प्रतिशत छुट प्रदान गरिनेछ।
यसका अतिरिक्त हरेक सर्भिसिङमा आकर्षक उपहार, ग्राहकका लागि निःशुल्क स्वास्थ्य जाँच, १० प्रतिशत एक्सटेन्डेड डिस्काउन्ट कुपन तथा क्यासलेस इन्स्योरेन्स सेवा समेत उपलब्ध गराइएको छ।
यस वर्षको केयरफेस्टको सबैभन्दा आकर्षक पक्ष भनेको लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेताले बम्पर उपहारमा ‘बिगस C-12 इलेक्ट्रिक स्कुटर’ जित्ने अवसर प्राप्त गर्नु हो।
कम्पनीले यस्ता सर्भिस क्याम्पमार्फत नेपाली ग्राहकसँगको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेको छ। विगत धेरै वर्षदेखि नेपाली ग्राहकलाई अन्तर्राष्ट्रिय ब्रान्ड अनुभवसहित महिन्द्राको आधिकारिक तथा उत्कृष्ट सर्भिस प्रदान गर्दै आइरहेको कम्पनीको भनाइ छ।
समस्त महिन्द्रा सवारीधनी तथा चालकहरूलाई यस केयरफेस्टमा सहभागी भई सीमित अवधिको छुट लिन र आफ्नो सवारीसाधनलाई उत्कृष्ट अवस्थामा राख्न कम्पनीले आग्रह गरेको छ।
ग्राहकहरूले महिन्द्रा एम–ट्र्याक एप मार्फत सर्भिसको अग्रिम बुकिङ गर्न सक्नेछन्।

















टी–२० विश्वकप : भारतले जिम्बाब्वेलाई दियो २५७ रनको विशाल लक्ष्य
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
अहिले सेटिङमा निर्वाचन सर्वेक्षण सार्वजनिक गरिएका छन् : विष्णु पौडेल
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : सभापति थापा
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
क्रिकेटर करण केसीले गरे बिहे
रास्वपा छोडेका बागमती उपसभापति हुमागाईँ कांग्रेसमा प्रवेश
प्रतिक्रिया