चीनको सांघाइमा कोभिडबाट तीन जनाको मृत्यु
मेरोन्यूज
२०७९ वैशाख ५ गते ९:४१

बेइजिङ । मार्चको अन्त्यमा लकडाउनमा प्रवेश गरेपछि गरेपछि चीनले पहिलो पटक सांघाईमा कोभिडबाट तीन जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुने तीनै जना ८९ देखि ९१ वर्ष वर्ष उमेर समूहका रहेका सहरको स्वास्थ्य आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरूमा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या रहेको र खोप नलगाएको प्राप्त विवरणहरूमा जनाइएको छ ।
त्यसअघि चीनले सांघाइमा कोभिडबाट कसैको मृत्यु नभएको जनाएको थियो । चीनको दाबीलाई लिएर सर्वत्र प्रश्न उठेको थियो ।
अधिकारीहरूका अनुसार सोमबार एकै दिन २२ हजार २४८ नयाँ संक्रमित फेला परेका थिए । बचाउने अथक प्रयासबीच तीनै जनाको अस्पतालमा मृत्यु भएको सांघाइको स्वास्थ्य आयोगले एक विज्ञप्तिमा भनेको छ ।
कोभिड महामारी फैलिएपछि सांघइ तीन सातादेखि लकडाउनमा छ । लकडाउनका कारण सर्वसाधारण नागरिक सरकारसँग क्रुद्ध छन् ।
सम्बन्धित












चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
एमालेले बाेलायाे सचिवालय बैठक
केपी ओलीको स्थानहद फुकुवा
प्रतिक्रिया