झिमरुकको अध्यक्षमा माओवादीका पितबहादुर र उपाध्यक्षमा कांग्रेसका प्रमोद सिफारिस
मेरोन्यूज
२०७९ वैशाख ५ गते १४:२८

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा प्युठानको झिमरुक गाउँपलिकामा तालमेल हुने भएको छ । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी तालमेल हुने सहमति भएको हो ।
यसअघि उक्त गाउँपालिकामा राष्ट्रिय जनमोर्चाले जितेको थियो । सोही गाउँपालिकामा दुई दल मात्रै मिलेर चुनावी तालमेल गर्ने सहमति भएको हो ।
जारी गरिएको विज्ञप्तिअनुसार पालिकाको अध्यक्ष माओवादीलाई र उपाध्यक्ष कांग्रेसलाई दिने समझदारी बनेको छ ।
अरु वडाध्यक्ष र सदस्य दुई दलको आपसी समझदारीका आधारमा टुंगो लगाइने भएको छ । माओवादीले पालिका अध्यक्षमा पितबहादुर एमसी र कांग्रेसले उपाध्यक्षमा प्रमोद पोखरेल उठाउने तयारी गरेको छ ।

सम्बन्धित
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
प्रतिक्रिया