नवलपरासी सीमामा सशस्त्र प्रहरी नै तस्करीको सहयोगी

काठमाडौँ । सशस्त्र प्रहरीले सीमा सुरक्षाको जिम्मेवारी लिए पनि सीमा क्षेत्रमा अवैध तस्करी रोक्न नसकेको र त्यहाँ तैनाथ अधिकारीहरुनै तस्करीका लागि सहयोगी बनिरहेको रहस्य खुलेको छ । पश्चिम् नवलपरासीको सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीले नै विभिन्न नाकाहरुवाट तस्करी गराएको भन्दै सशस्त्र मूख्यालयमा उजुरी परेपछि सो रहस्य खुलेको हो ।
सशस्त्र प्रहरी बल बेलासपुरका एसपी रुपकुमार क्षेत्रीको निर्देशन र सशस्त्र प्रहरी निरीक्षक धनबहादुर बूढाको सहयोगमा सीमा क्षेत्रमा तस्करी खुला गरिएको प्रहरी स्रोतले जनाएको छ । सशस्त्र प्रहरी बल बिओपी भुजहवा, गेरमाको मिलोमतोमा भुजहवा, गेरमा, परासी भई व्यापक रुपम तस्करी भइरहेको अहिले नवलपरासी जिल्ला नै चर्चा मात्र भएको छैन सशस्त्र मूख्यालयमा उजुरीसमेत परेको थियो ।
तर, उक्त उजुरी परेको थाहा पाएपछि अर्थमन्त्री जनार्दन शर्माको आग्रहमा गृहमन्त्री बालकृष्ण खाँणले मुल्तबीमा राख्न निर्देशन दिएका छन् । अहिले सशस्त्रमा संक्रमण काल रहेको र निर्वाचन पनि नजिकै आएकाले सशस्त्र प्रहरीले सिमानाकामा स्वयम आफै खटी तस्करीको सामानहरुको स्कटिङ्ग गरेर कटाउने गरेको स्रोतको दाबी छ ।
भुजहवा, गेरमा नाकामा ५ देखि ७ जना सशस्त्र प्रहरीका जवानहरू नाकामा खटेको हुन्छ । तर, उनीहरू छली चोरी तस्करी रोक्न लागि हैन बल्की उनीहरू बाहिरको माथिल्लो निकायका टोली न आओस भन्दै एस्कटिङ्ग गरी तस्करी गराउन कै सशस्त्रको एउटा गाडी त्यहाँ पठाइएको हुन्छ ।
जिल्लामा गाडी नभएको बेला पनि भुजहवा नाकामा एसपीको गाडी त्यही राख्ने गरेको त्यहाँका एक सशस्त्र प्रहरीले बताए । तस्करीका सामान सीमा वारपारका लागि प्रहरी निरीक्षक धनबहादुर बुढा आफै खटिने गरेका छन् ।
उनी १८ महिनादेखि त्यही बसेर तस्करीलाई सहयोग गरिरहेको स्रोतको दाबी छ । अर्थमन्त्री जनार्दन शर्माको नजिक रहेको भन्दै १८ महिनादेखि त्यही बसिरहेका छन् । उनले थोरै संख्याका प्रहरीलाई नाकामा खटाउनुको साटो घर बिदा छाडेर एसपीका घुमुवाहरुमार्फत तस्करीका सामान सीमा कटाउने भूमिका खेलेको पनि स्रोतले जनाएको छ ।
भुजहवा, गेरमा सिमानाकामा मुख्य कारोबार अहिले भारत बिहार सीमा नजिक पर्ने बरगदवा बजार, ठुठिबारी बजार, लक्ष्मीपुर बजारबाट हरा मटर, बोइलर कुखुरा र कपडा, मारवलको तस्करी चली रहेको छ । यसका अलावा इण्डियामा सस्तो परेका कारण त्यहाँबाट किराना आईटम, कपडा, हड्वेयर, मोटर पार्ट्सलगायत चल्ने गरेको छ ।
यस्तै, नेपालबाट मोटर ,घरेलु रक्सी र सिल प्याक रक्सी, नेपाली पाइपलगायतको तस्करी भइरहेको छ । मोटो रकम महिनवारी बुझाउँदै भैसी, राँगाको तस्करी भइरहेको स्थानीयहरुले बताएका छन् ।
यस्ता भ्रष्ट इञ्चार्जका कारण पूरै सशस्त्र प्रहरी संगठन नै बदनाम हुने गरेको छ । सो विषयमा धेरै पटक सशस्त्र प्रहरी मुख्यालयमा उजुरी परे पनि प्रहरी निरीक्षक बुढाले जनार्दन शर्मा निकट रहेको भन्दै सो उजुरीलाई मुल्तबीमा राखेको स्रोतको दाबी छ ।
















सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
देववृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
पाकिस्तानमा आत्मघाती बम विस्फोट हुँदा पाँच जनाको मृत्यु
चितवनमा रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया