ललितपुरको मेयरमा विवेकशील साझाले श्रेष्ठलाई उठाउने
मेरोन्यूज
२०७९ वैशाख ६ गते ११:१०

ललितपुर । विवेकशील साझा पार्टीले ललितपुर महानगरको मेयरमा उज्वलकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ।
वैशाख ३० मा हुने स्थानीय चुनावका लागि पार्टीले ललितपुर महानगर मेयरमा श्रेष्ठलाई उठाउन लागेको हो।
उनले आज ललितपुर मेयरका लागि उम्मेदवारी घोषणा गदै छन् ।
आज दिउँसो २ बजे पाटन दरबारस्थित भीमसेन मन्दिर क्षेत्रमा कार्यक्रम गरेर उम्मेदवारी घोषणा गर्ने कार्यक्रम छ। श्रेष्ठ ०७४ मा ललितपुर प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट उम्मेदवार थिए।
यसअघि विवेकशील साझाले काठमाडौंमा समीक्षा बास्कोटालाई मेयर र कीर्ति तुलाधरलाई उपमेयर उठाउने घोषणा गरेको थियो।
सम्बन्धित
















उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
कमलादेवी पन्त कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया