ललितपुरको मेयरमा विवेकशील साझाले श्रेष्ठलाई उठाउने
मेरोन्यूज
२०७९ वैशाख ६ गते ११:१०

ललितपुर । विवेकशील साझा पार्टीले ललितपुर महानगरको मेयरमा उज्वलकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ।
वैशाख ३० मा हुने स्थानीय चुनावका लागि पार्टीले ललितपुर महानगर मेयरमा श्रेष्ठलाई उठाउन लागेको हो।
उनले आज ललितपुर मेयरका लागि उम्मेदवारी घोषणा गदै छन् ।
आज दिउँसो २ बजे पाटन दरबारस्थित भीमसेन मन्दिर क्षेत्रमा कार्यक्रम गरेर उम्मेदवारी घोषणा गर्ने कार्यक्रम छ। श्रेष्ठ ०७४ मा ललितपुर प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट उम्मेदवार थिए।
यसअघि विवेकशील साझाले काठमाडौंमा समीक्षा बास्कोटालाई मेयर र कीर्ति तुलाधरलाई उपमेयर उठाउने घोषणा गरेको थियो।
सम्बन्धित
प्रतिक्रिया