बुधबार, माघ १४, २०८२

चितवन कांग्रेस सभापतिलाई देउवाले भने : भरतपुर छाड्नु पर्ने भो !

मेरोन्यूज २०७९ वैशाख ६ गते १५:०८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले चितवन जिल्ला सभापतिलाई निर्णय सच्याउन निर्देशन दिएका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले चितवनका सभापति राजेश्वर खनाललाई बोलाएर भरतपुर महानगर माओवादीलाई छोड्नु पर्ने अवस्था आएको भन्दै निर्णय सच्याउन भनेका हुन् ।

चितवन कांग्रेसले भरतपुर महानगरको मेयर आफूहरूले पाउनु पर्ने माग राख्दै निर्णय गरेको थियो । गठबन्धनमा भरतपुरको मेयर माओवादी केन्द्रलाई दिने सहमति भएको छ ।

सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्का, बागमती प्रदेश कांग्रेस सभापति ईन्द्रबहादुर बाँनिया र चितवन सभापतिसँग छलफल गरेका थिए । यस क्रममा देउवाले चितवन छोड्नु पर्ने अवस्था आएको सुनाए ।

प्रतिक्रिया