इंग्लिस प्रिमियर लिग : आर्सनलले चेल्सीलाई हरायो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा बुधबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई ४(२ अन्तरले पराजित गरेको छ ।
चेल्सीलाई घरेलु मैदानमा पराजित गर्न आर्सनलका लागि एड्डी एनकेटीले दुई तथा एमिल स्मिथ र बुकायो साकाले १(१ गोल गरे ।
चेल्सीका लागि टिमो वेर्नेर र सेजर एज्पिलिक्वेटाले सान्त्वना गोल फर्काए ।
जितसँगै आर्सनल ३२ खेलमा ५७ अंक जोडेर पाँचौ स्थानमा छ । चेल्सी ३१ खेलमा ६२ अंक जोडेर तेस्रो स्थानमा छ ।
बुधबार राति नै भएको अर्को खेलमा ब्राइटनलाई ३(० अन्तरले हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान इतिहादमा सिटीलाई जित दिलाउन रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले १(१ गोल गरे ।
जितसँगै सिटीले ३२ खेलमा ७७ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । अघिल्लो रात म्यानचेस्टर युनाइटेडलाई हराउदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको थियो । पराजित ब्राइटन ४० अंक जोडेर दशौँ स्थानमा छ ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया