रुसी अधिकारी भन्छन्-मस्कोका यी कार्य पूरा भएपछि युक्रेन युद्ध रोकिन्छ
मेरोन्यूज
२०७९ वैशाख ८ गते १२:२३

किभ । अमेरिकी नेतृत्वको नेटो सेनाले रुसलाई धम्क्याउन युक्रेनी भूमिको प्रयोग रोके मस्कोले युक्रेनमाथिको सैन्य कारबाही रोक्ने एक वरिष्ठ रुसी अधिकारीले बताएका छन् । रुसी विदेश मन्त्रालयलका वरिष्ठ अधिकारी अलेक्सी पोलिसचुकले रुसी सञ्चार माध्यम ताससँगको कुराकानीमा सो विचार व्यक्त गरेका हुन् ।
‘आफ्ना कार्यहरू पूरा भएपछि विशेष सैन्य कारबाही समाप्त हुनेछ । दोनबासको जनसंख्याको संरक्षण, युक्रेनको निशस्त्रीकरण र नेटो देशहरूले कब्जा गरेको युक्रेनी भूभागबाट रुसलाई आउने खतराको अन्त्य ती कार्य हुन् ’, उनले भने ।
नेटोले युक्रेनी भूभागबाट रुसलाई कसरी धम्क्याएको छ भन्ने बारेमा उनले कुनै विवरण दिएनन् । युक्रेनमाथिको कारबाही योजनबद्ध ढंगले अगाडि बढेको र ‘उसले आफ्ना सम्पूर्ण योजना पूरा गर्ने’ उनले बताए ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया