ललितपुरको अक्सिजन प्लान्टमा बिष्फोटः मृतकको संख्या दुई पुग्यो

काठमाडौं । ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा बिहीबार भएको बिष्फोटमा परेर मृत्यु हुनेमा २ जना पुगेका छन् ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहका अनुसार भारतको पश्चिम चम्पारम रतनपुरूवाका ४५ वर्षीयको बृज महतो र भारतकै २५ वर्षीय राजकुमार महतोको मृत्यु भएको हो ।
गम्भीर घाइते कुमार महतोको उपचारको क्रममा र बृज महतोको घट्नास्थलमै मृत्यु भएको एसपी शाहले जानकारी दिए ।
पर्सा घर भई लुबु चागाथली बस्दै बएका ४३ वर्षीय रमेश अधिकारी, महालक्ष्मी नगरपालिका-८ का ३६ वर्षीया दुर्गा पुरी, गोदावरी नगरपालिका-९ का १९ वर्षीय सुदीप तिमिल्सेना, महांकाल गाउँपालिका-५ चन्द्नपुरका २२ वर्षीय ईश्वर बजगाई, ओखलढुंगा घर भई महालक्ष्मीस्थान बस्दै आएका २० वर्षीया अन्जना पौडेल घाइते छन् ।
चन्द्रागिरी नगरपालिका(२ दहचोकका ४९ वर्षीय गंगाराज शर्माको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ। उनीहरू पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन्।














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया