शुक्रबार, चैत २०, २०८२

प्रतिगमनको खतरा पूर्णतः अन्त्य भएको छैन- प्रचण्ड

मेरोन्यूज २०७९ वैशाख ९ गते ७:४१

काठमाडौं । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिगमनको खतरा पूर्णतः अन्त्य नभएको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

भ्लादिमिर इल्यिच लेनिनको १५२औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७३औँ स्थापना दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले भनेका छन्, शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्न छोडेर कम्युनिस्ट आन्दोलनको प्रतिगामी प्रवृत्तिले गत वर्ष संघीय गणतन्त्र, लोकतान्त्रिक प्रणाली र संविधानमाथि एकपछि अर्को प्रहार गर्‍यो । वामपन्थी, देशभक्त एवं लोकतान्त्रिक शक्तिहरूको साझा संघर्षको परिणाम तत्कालका लागि उक्त प्रतिगमन पराजित हुन पुग्यो । तर, प्रतिगमनको खतरा पूर्णतः अन्त्य भएको छैन ।ु

उनले दक्षिणपन्थी संशोधनवाद, राष्ट्रिय आत्मसमर्पणवाद, प्रतिगामी एवं तानाशाही प्रवृत्तिविरूद्ध संघर्ष गर्दै प्राप्त उपलब्धीको रक्षासहित समाजवादको आधार तयार पार्नु कम्युनिस्टको ऐतिहासिक जिम्मेवारी हुन आएको बताएका छन् ।

प्रचण्डले आसन्न स्थानीय तहको निर्वाचनमा वाम(लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन पनि अपील गरेका छन् । ुप्रतिगमनविरूद्धको संयुक्त संघर्षको क्रममा गठित वाम(लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धीहरू, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ छ,ु उनले भनेका छन्, ुयही मान्यताका आधारमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले सबै स्थानीय तह र वडाहरूमा तालमेललाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।ु

प्रतिक्रिया