राखेप बोर्ड बैठक आज, अन्तरिम आदेश लिएर आएका आठ सदस्यलाई बाेलाइएन
मेरोन्यूज
२०७९ वैशाख ९ गते ८:२१

। राजनीतिक खिचातानी तथा नियुक्ति र बर्खास्ती प्रकरणका कारण तीन वर्षदेखि हुन नसकेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक आज हुँदैछ ।
सदस्यसचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले आजको लागि बोर्ड बैठक बोलाएका थिए ।
युवा तथा खेलकुद मन्त्रालयमा हुने बैठक बिहान ११ बजेबाट बस्ने बताइएको छ । अन्तिम पटक राखेपको बोर्ड बैठक २०७६ सालको सुरुवातमा बसेको थियो ।
अदालतबाट अल्पकालीन अन्तरिम आदेश लिएर आएका आठ सदस्यलाई नबोलाइएको बैठकमा मुख्य दुई एजेन्डा रहनेछन् ।
सदस्यसचिव घिसिङले नवौं राष्ट्रिय खेलकुद र चिनमा हुने १९औं एशियन गेम्सलाई मुख्य एजेन्डा बनाएका छन् ।
मन्त्री परिषद्को बैठकले यस अघि नै नवौ राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ सम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको छ ।
सम्बन्धित
















भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन नियन्त्रणमा
महिला टी–२० च्यालेन्ज ट्रफी : नेपालसँग रुवान्डा पराजित
२६ घरविहीन परिवारले पाए नयाँ घर
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
प्रतिक्रिया