आठौं ‘नेपाल फर्मा एक्स्पो’ आजदेखि चितवनमा सुरु

काठमाडौं । आठौं ‘नेपाल फर्मा एक्स्पो २०२२’ आजदेखि चितवनमा सुरु हुँदै छ। नेपाल औषधि उत्पादक संघले एक्स्पो आयोजना गर्न लागेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने एक्स्पो ११ गतेसम्म चल्नेछ।
एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले तीन दिनसम्म चल्ने एक्स्पो १२० वटा बहुराष्ट्रिय कम्पनी र ४५ वटा नेपाली औषधि उद्योगहरूले सहभागिता जनाउने जानकारी दिए । एक्स्पोमा जम्मा १६० वटा स्टल रहनेछन्।
संयोजक बरालले एक्स्पोमा विभिन्न विषयमा टेक्निकल सेमिनार हुने जानकारी दिदै सञ्चारमाध्यमको सहजताको लागि मिडिया सेन्टरको व्यवस्था गरिएको बाए ।
एक्स्पोमा करिव ६० हजार अवलोकनकर्ताहरुले भ्रमण गर्ने छन् । उनले एक्स्पोले नेपालमा उत्पादन भइरहेको औषधी उत्पादनको प्रविधी र यसमा अपनाइएका संवेदनशिलताको बारेमा जनमानसमा सचेतना दिने,नेपालको औषधी उत्पादनलाई अन्तराष्ट्रिय स्तरसम्म पुर्याउन अझ प्रविधी मैत्री र दक्षता प्रदान गर्ने बताए ।
बरालले औषधी प्राबिधिक र फर्मासिस्टहरुलाई अन्तराष्ट्रिय स्तरको नविन प्राविधिक ज्ञान दिने विश्वास लिएको गरे ।
















ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
Fire at Mahashakti Soap Factory in Hetauda: Property amounts Rs100–120 million damaged
राष्ट्रियसभा सदस्य निर्वाचन : सातै प्रदेशमा मतदान सुरु
मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक थप दुई दिन म्याद
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया