राखेपको बोर्ड बैठक सिंहदरबारमा जारी

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपको बोर्ड बैठक जारी छ । सिंहदरबार स्थित युवा तथा खेलकुद मन्त्रालयमा अहिले बैठक जारी छ । राखेपको बोर्ड बैठक तीन वर्ष देखि बस्न नसकेको अवस्थामा आज पहिलो पटक बैठक बसेको हो ।
राखेप सदस्य सचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले राखेपको बोर्ड बैठक शुक्रबारका बोलाएका थिए ।
खेलकुद मन्त्री गहतराजको अध्यक्षता बसिरहेको बैठकले नवौं राष्ट्रिय खेलकुद र १९ औं एसियन गेम्सको सहभागीताको विषय गरि मुख्य २ प्रस्तावमा छलफल गरेर निर्णय लिने बताइएको छ ।
राखेपको सदस्य सचिव र बोर्ड सदस्यको विवादका कारण लामो समय देखि बोर्ड बैठक बस्न सकेको थिएन । खेलकुद ऐनले राखेपको बोर्ड बैठक वर्षमा कम्तिमा दुई पटक बस्नुपर्ने व्यवस्था छ । राखेपको बोर्ड बैठकलाई खेलकुद सम्बन्धि नीति, आगामी योजना, बजेट तथा कार्यक्रम तर्जुमा गरि पास गर्ने अख्तियारी पनि खेलकुद ऐनले दिएको छ ।









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रतिक्रिया