एमालेको संकल्प : जनप्रतिनिधिले भ्रष्टाचार नगर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
घोषणापत्रमा एमालेले मूल रुपमा ६ वटा संकल्प समावेश गरेको छ । जसमा एमालेका जनप्रतिनिधिहरू शासक नभई सेवक भएको उल्लेख गरेको छ । यसबाहेक एमालेका संकल्पहरू यस प्रकारका छन् :
१, हाम्रा जनप्रतिनिधि शासन होइन, जनताका सेवक हुने छन् ।
२, हाम्रा जनप्रतिनिधिहरु सामाजिक जागरण र विकासका अभियान्ता हुने छन् ।
३, हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनका नमुना बन्ने छन् ।
४, हाम्रा जनप्रतिनिधिहरुले सदाचारमा दृष्टान्त स्थापित गर्ने छन् ।
५, हाम्रा जनप्रतिनिधिहरूले आफूले कुनै भ्रष्टाचार गर्ने छैनन् र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने छन् ।
५, हाम्रा जनप्रतिनिधिहरुले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरुलाई कानुनी कारबाहीमा दायरामा पुर्याउन अग्रण भूमिका खेल्नेछन् ।

















सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
देववृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
पाकिस्तानमा आत्मघाती बम विस्फोट हुँदा पाँच जनाको मृत्यु
चितवनमा रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया