नेपाल र अमेरिकी सांसदबीच भोलि छलफल हुने
मेरोन्यूज
२०७९ वैशाख ९ गते २०:२४
काठमाडौँ । नेपाली सांसद र अमेरिकी सांसदबीचको भोलि छलफल हुने भएको छ । भोलि बिहान ११ बजे दुई देशको सांसदहरूबीच होटल म्यारियटमा छलफल हुने भएको हो ।
नेपाल अमेरिका संसदीय समूहका संयोजक डा. मिनेन्द्र रिजालका अनुसार दुई देशको सांसदबीच भोलि बिहान छलफल हुने भएको हो । यसका लागि अमेरिकाको उच्च स्तरीय संसदीय टोली नेपाल आइपुगेका छन् ।
नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वर्षको अवसरमा उनीहरूले नेपालको भ्रमण गर्ने भएका हुन् । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार सिनेटर किर्स्टन जिलिब्रान्ड (न्यूयोर्क)को नेतृत्वमा टोली नेपाल आइपुगेका हुन् ।
उक्त टोलीमा सिनेटरहरू शेल्डन ह्वाइट हाउस (रोड आइल्याण्ड), कोरी बुकर (न्यू जर्सी), मार्क केली (एरिजोना) र प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स (१७ औँ कंग्रेसनल डिस्ट्रिक्ट, न्यूयोर्क) आइपुगेका छन् ।
सम्बन्धित
















एमालेको सचिवालय बैठक बस्दै
नेपालीको उद्धार गर्न आजदेखि खाडी राष्ट्रमा विशेष उडान
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
आजको विदेशी मुद्राको विनिमयदर : सबैजसो विदेशी मुद्राको विनिमयदरमा व्यापक घटे
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया