महालक्ष्मी बैंकद्वारा रोड डिभाइडर हस्तान्तरण

काठमाडौँ । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै विगत २७ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडको महाराजगञ्ज शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरर्गत महानगरीय ट्राफिक प्रहरी वृत्तलाई रोड डिभाइडर हस्तान्तरण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वको कार्यलाई निरन्तरता दिँदै यस बैंकको महाराजगञ्ज शाखाले महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जलाई ३० थान रोड डिभाइडर हस्तान्तरण गरेको हो । महानगरमा चुनौतीको रुपमा रहेको ट्राफिक व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रोड डिभाइडर हस्तान्तरण गरिएको बैंकका महाराजगञ्ज शाखाका प्रबन्धक पल्लभ श्रेष्ठले जानकारी दिए ।
सोही कार्यक्रममा बोल्दै वृत्तका नायव निरीक्षक पुरुषोत्तम ढकालले विगतदेखि महालक्ष्मी बैंकले सामाजिक उत्तरदायित्वका कार्यहरु महानगरभित्र प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको बताए । महानगर वरपर ट्राफिक व्यावस्थापनमा महानगरलाई सहजता होस् र दुर्घटना न्यूनिकरणमा मद्दत पुग्ने हेतुले रोड डिभाइडर वितरण गरिएको बैंकले जनाएको छ । हाल यस बैंकले देशभर १०३ शाखाहरूबाट बैकिङ्ग सेवा दिँदै आएको छ ।

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया