एमालेका प्रदेश समिति सदस्य मियाँ माओवादीमा प्रवेश
सप्तरी । नेकपा एमालेका मधेस प्रदेश समिति सदस्य मोहमद इस्लाम मियाँ एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
राजविराजमा शनिबार आयोजित कार्यक्रमका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सप्तरी इञ्चार्ज अशोककुमार मण्डल, केन्द्रीय सदस्य असर्फी सदालगायतका नेताले उनलाई पार्टी प्रवेश गराएका थिए ।
मियाँ २०७४ सालको स्थानीय तह निर्वाचनमा बोदे बर्साइन नगरपालिकाको मेयरमा चुनाव लडेका थिए । २०७७ सालमा प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर ४ मा एमालेबाट उम्मेदवार बनेका थिए ।
आगामी ३० गते हुने स्थानीय तह निर्वाचनमा मियाँ पुनः मेयरमा उम्मेदवारी दिने तयारीमा छन् । पार्टी प्रवेश गरेसँगै माओवादी केन्द्रले मियाँलाई बोदे बर्साइन नगरको मेयरमा उम्मेदवार बनाउने तयारी भइरहेको छ ।
पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका मधेस प्रदेश समिति सदस्यहरू महेशकुमार यादव, भागवत यादव, छेदी रजक विमल, जिल्ला समिति सदस्य दिलिपकुमार यादवलगायतको उपस्थिति थियो ।
















घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ
नेपाली क्लाइम्बिङ टोली चीन जाने
संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
पाकिस्तानमा भारी वर्षा र बाढी: १५ जनाको मृत्यु
एमालेको सचिवालय बैठक जारी
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
प्रतिक्रिया