उपप्रमुखको टिकट लिने गरी कांग्रेस नेता एमाले प्रवेश

खोटाङ । चुनावको मुखमा कांग्रेस खोटाङका पूर्व कोषाध्यक्ष जीवन राई एमाले प्रवेश गरेका छन् । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा बराहपोखरी गाउँपालिका उपप्रमुखमा उठ्ने सर्तमा कांग्रेस नेता राई एमाले प्रवेश गरेका हुन् ।
उनलाई शुक्रबार बराहपोखरी गाउँपालिकामा आयोजित कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य उषाकला राई, खगेन्द्र राई, रमेश पौडेलले पार्टी प्रवेश गराएका हुन् ।
एमाले प्रवेश गरेका राई हाल कांग्रेसका जिल्ला सदस्य थिए । गठबन्धनका क्रममा बराहपोखरीमा प्रमुख कांग्रेस र उपप्रमुख माओवादी केन्द्रको भागमा परेको छ । कांग्रेसबाट प्रमुखमा लगभग वर्तमान प्रमुख सालिकराम बञ्जरा नै दोहोरिने निश्चित भएको अवस्थामा राई एमाले प्रवेश गरेका हुन् ।
बराहपोखरी गाउँपालिकामा गोमादेबी मगरलाई प्रमुखको उम्मेदवारमा सिफारिस गरिएको एमाले जिल्ला सचिव कुमार आचार्यले बताए । मगर हाल उपप्रमुख छिन् ।
















संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
पाकिस्तानमा भारी वर्षा र बाढी: १५ जनाको मृत्यु
एमालेको सचिवालय बैठक जारी
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया