उपप्रमुखको टिकट लिने गरी कांग्रेस नेता एमाले प्रवेश

खोटाङ । चुनावको मुखमा कांग्रेस खोटाङका पूर्व कोषाध्यक्ष जीवन राई एमाले प्रवेश गरेका छन् । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा बराहपोखरी गाउँपालिका उपप्रमुखमा उठ्ने सर्तमा कांग्रेस नेता राई एमाले प्रवेश गरेका हुन् ।
उनलाई शुक्रबार बराहपोखरी गाउँपालिकामा आयोजित कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य उषाकला राई, खगेन्द्र राई, रमेश पौडेलले पार्टी प्रवेश गराएका हुन् ।
एमाले प्रवेश गरेका राई हाल कांग्रेसका जिल्ला सदस्य थिए । गठबन्धनका क्रममा बराहपोखरीमा प्रमुख कांग्रेस र उपप्रमुख माओवादी केन्द्रको भागमा परेको छ । कांग्रेसबाट प्रमुखमा लगभग वर्तमान प्रमुख सालिकराम बञ्जरा नै दोहोरिने निश्चित भएको अवस्थामा राई एमाले प्रवेश गरेका हुन् ।
बराहपोखरी गाउँपालिकामा गोमादेबी मगरलाई प्रमुखको उम्मेदवारमा सिफारिस गरिएको एमाले जिल्ला सचिव कुमार आचार्यले बताए । मगर हाल उपप्रमुख छिन् ।
















संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
बादोरियो कराते टोली भारत जाँदै
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
आज माघ १२ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया