कांग्रेसको चुनावी घोषणापत्र :
ओलीप्रति कांग्रेसको यस्ता छन् गम्भिर १० आरोप

काठमाडौं । नेपाली कांग्रेसको चुनावी घोषणापत्रमा एमाले अध्यक्ष केपी ओली र उनले नेतृत्व गरेको ४२ महिने सरकारप्रति आरोपै-आरोप लगाइएको छ ।
२०७४ यताको ५ वर्ष त्यक्तिकै खेर गएको भन्दै कांग्रेसले आफनो चुनावी घोषणापत्रमा सत्ता र शक्तिको केन्द्रिकरण गर्ने नाममा ओलीले समग्र प्रणालीलाई नै तहसनहस पार्ने काम गरेको आरोप लगाएका छन् ।
‘केपी शर्मा ओली जस्तो एउटा जनउत्तेजनाको व्यापारीको उन्मादी महत्वाकांक्षाका खातिर आफ्नो दलको सारा शासकीय कौशल लोकतन्त्र र समग्र प्रणालीलाई नै तहसनहस बनाउनेतिर लाग्ने काम भयो,’ कांग्रेसको घोषणापत्रमा भनिएको छ ।
ओली प्रति यस्ता छन् कांग्रेसको गम्भिर आरोप
१) जनादेशको खतरनाक दुरुपयोग
२) अधिनायकवाद र सर्वसत्तावादको सूत्रपात
३) अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि आक्रमण
४) सङ्घीयताविरोधी एकात्मक र नियन्त्रणकारी
५) संवैधानिक निकायको कम्युनिस्टकरण
६) भ्रष्टाचार, अनियमितता र अपारदशीताको क्षेत्रमा नयाँ किर्तिमान
(वाइडबडी जहाज सक्येुरिटी प्रेस सम्बन्धमा ७२ करोड कमिशन, ओम्नी, यतीलगायत भ्रष्टाचार र अनियमितताको फेहरिस्त)
७) सार्वजनिक सम्पत्तिको लुट, भ्रष्टाचार र अनियमितता
८) महामारीमा समेत कमिशन र भ्रष्टाचार
९) प्रतिनिधिसभा विघटन : लोकतान्त्रिक गणतन्त्र र संविधान असफल बनाउने षड्यन्त्र
१०) उत्ताउलो घोषणाको ‘विकास’
(जनअपेक्षाविपरीत उहाँको ‘सृजनशीलता’ र समय पार्टीभित्र र बाहिरका आलोचकप्रति हलुका टीकाटिप्पणी गर्न मै खर्च भयो । नेपालको समृद्धि नै हिमालमा चल्ने चुच्चे रेल र खोलानालामा तैरिने भीमकाय पानीजहाजमा चढेर आउँछ भन्ने उहाँको भ्रान्तिपूर्ण विचारको झिनो आलोचनालाई समेत ‘विकासविरोधी’को संज्ञा दिइयो । गनुपर्ने काम नगरी विकासको उल्टो बाटो हिँडेको ओली सरकार आफ्नो सरकार बन्नु अघिदेखि विगतका सरकारको योजना र प्रयत्नबाट वर्षौंदेखि नियमित काम भई सम्पन्न भएका आयोजनाहरूलाई पनि आफ्नो र आफूले गरेको दाबी गरेर भ्रमको खेती गर्नेक्रम अहिले पनि जारी छ ।)
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया