कांग्रेसको घोषणापत्रमा ओलीमाथीको प्रचण्डको अभियोगपत्र ′मेन्सन’

काठमाडौं । नेपाली कांग्रेसको चुनावी घोषणापत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्कालिन नेकपा कालमै एमाले अध्यक्ष केपी ओलीमाथी लगाईएको अभियोग पत्र पनि मेन्सन भएको छ ।
नेकपा कालमा प्रचण्डले ओलीमाथी गम्भिर आरोप सहितको १९ पृष्ठ लामो अभियोग पत्र तत्कालिन पार्टी केन्द्रीय सचिवालय बैठकमा पेश गरेका थिए ।
उक्त अभियोगपत्रलाई ओलीले आफुमाथी फौजदारी अभियोग लगाएको भन्दै विरोध र आपत्ति जनाउँदै आएका थिए । ओलीले उक्त आरोपपत्र फिर्ता लिन त्यसवेला प्रचण्डलाई आग्रह गरेका थिए । तर प्रचण्डले तत्कालिन पार्टी सचिवालयका बहुमत सदस्यसागका छलफलका आधारमा १९ पृष्ठ लामो प्रतिवेदन तयार पारिएको भन्दै त्यसलाई िफर्ता लिन नसकिने बताएका थिए ।
प्रचण्डको १९ पृष्ठ लामो प्रतिवेदनमा ओली सरकारमा गएदेखि उनले के कसरी काम गरे र उनको कार्यशैल िकस्तो थियो भन्ने सम्मको फेहरिस्त उल्लेख थियो ।
कांग्रेसले आइतबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा पनि दुई दुई ठाँउमा प्रचण्डको त्यसवेला ओलीमाथी लगाईएको आरोप सहित पाटीृ सचिवालयमा पेश भएको प्रतिवेदनलाई मेन्सन गदै ओलीमाथी आरोप लगाईएको छ ।
तत्कालीन नकपाका कार्यकारी अध्यक्ष दाहालले सचिवालय र स्थायी समितिको बैठकमा लिखित रुपमा नै सरकारको भष्टाचारको बारेमा उल्लेख गरेका थिए । त्यसैलाई कांग्रेसले चुनावी घोषणा पत्रमा मेन्सन गरेको हो ।

कांग्रेसको घोषणा पत्रमा भनिएको छ, ‘तत्कालीन नकपाका कार्यकारी अध्यक्ष दाहालले सचिवालय र स्थायी समितिका बैठककमा लिखितरूपमा पेश गरेको १९ पृष्ठ लामो बहुचर्चित प्रतिवेदनमा समेत सरकारले भ्रष्टाचार गरेको आरोप लगाउनु भएको थियो । उक्त प्रतिवेदनको बुादा नम्बर ३ मा ओम्नी र यति भ्रष्टाचार प्रकरण उल्लेख गदै प्रधानमन्त्री ओली निकट ब्यापारिक घरानालाई सरकारी सम्पक्ति कौडीको भाउमा सुम्पिएको आरोप लगाइएको थियो । नेकपाका कार्यकारी अध्यक्ष दाहालले औपचारिक र लिखित रुपमा पेश गरेको प्रतिवेदनमा सरकारले भ्रष्टाचार गरेको आरोप लगाउने भन्दा स्पष्ट प्रमाण अरु के हुन सक्छ ?’









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया