कांग्रेसको घोषणापत्रमा ओलीमाथीको प्रचण्डको अभियोगपत्र ′मेन्सन’

काठमाडौं । नेपाली कांग्रेसको चुनावी घोषणापत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्कालिन नेकपा कालमै एमाले अध्यक्ष केपी ओलीमाथी लगाईएको अभियोग पत्र पनि मेन्सन भएको छ ।
नेकपा कालमा प्रचण्डले ओलीमाथी गम्भिर आरोप सहितको १९ पृष्ठ लामो अभियोग पत्र तत्कालिन पार्टी केन्द्रीय सचिवालय बैठकमा पेश गरेका थिए ।
उक्त अभियोगपत्रलाई ओलीले आफुमाथी फौजदारी अभियोग लगाएको भन्दै विरोध र आपत्ति जनाउँदै आएका थिए । ओलीले उक्त आरोपपत्र फिर्ता लिन त्यसवेला प्रचण्डलाई आग्रह गरेका थिए । तर प्रचण्डले तत्कालिन पार्टी सचिवालयका बहुमत सदस्यसागका छलफलका आधारमा १९ पृष्ठ लामो प्रतिवेदन तयार पारिएको भन्दै त्यसलाई िफर्ता लिन नसकिने बताएका थिए ।
प्रचण्डको १९ पृष्ठ लामो प्रतिवेदनमा ओली सरकारमा गएदेखि उनले के कसरी काम गरे र उनको कार्यशैल िकस्तो थियो भन्ने सम्मको फेहरिस्त उल्लेख थियो ।
कांग्रेसले आइतबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा पनि दुई दुई ठाँउमा प्रचण्डको त्यसवेला ओलीमाथी लगाईएको आरोप सहित पाटीृ सचिवालयमा पेश भएको प्रतिवेदनलाई मेन्सन गदै ओलीमाथी आरोप लगाईएको छ ।
तत्कालीन नकपाका कार्यकारी अध्यक्ष दाहालले सचिवालय र स्थायी समितिको बैठकमा लिखित रुपमा नै सरकारको भष्टाचारको बारेमा उल्लेख गरेका थिए । त्यसैलाई कांग्रेसले चुनावी घोषणा पत्रमा मेन्सन गरेको हो ।

कांग्रेसको घोषणा पत्रमा भनिएको छ, ‘तत्कालीन नकपाका कार्यकारी अध्यक्ष दाहालले सचिवालय र स्थायी समितिका बैठककमा लिखितरूपमा पेश गरेको १९ पृष्ठ लामो बहुचर्चित प्रतिवेदनमा समेत सरकारले भ्रष्टाचार गरेको आरोप लगाउनु भएको थियो । उक्त प्रतिवेदनको बुादा नम्बर ३ मा ओम्नी र यति भ्रष्टाचार प्रकरण उल्लेख गदै प्रधानमन्त्री ओली निकट ब्यापारिक घरानालाई सरकारी सम्पक्ति कौडीको भाउमा सुम्पिएको आरोप लगाइएको थियो । नेकपाका कार्यकारी अध्यक्ष दाहालले औपचारिक र लिखित रुपमा पेश गरेको प्रतिवेदनमा सरकारले भ्रष्टाचार गरेको आरोप लगाउने भन्दा स्पष्ट प्रमाण अरु के हुन सक्छ ?’















कैलाली क्षेत्र नम्बर १ मा काँग्रेसको अग्रता
झापा-५ मा ओलीभन्दा बालेन दोब्बर बढी मतले अगाडि
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया