अनलाइनबाट एनआईसी बैंकमा खाता खोले पाँच हजारसम्म छुट

काठमाडौँ । एनआईसी एशिया बैंकले अनलाइनमार्फत बचत खाता खोल्ने ग्राहकलाई विभिन्न ई कमर्शबाट वस्तु तथा सेवा खरिद गर्दा पाँच हजार रुपैयाँसम्म छुट दिने भएको छ ।
जसअनुसार दराज, ग्यापु, भोजमाण्डु, खानपिन, जस्ता ई कमर्शबाट विभिन्न सामग्री खरिद गर्दा एवं ट्याक्सीमाण्डु, यति एयरलाइन्सजस्ता प्लेटफर्ममार्फत विभिन्न सेवाहरू लिन सकिने छ ।
यसका लागि ग्राहकले बैंकको वेबसाइटबाट अनलाइन खाता खोली उक्त खाता पूर्ण रुपमा सुरु भएपश्चात् बैंकले निज ग्राहक महानुभावलाई एसएमएस वा इमेलबाट उल्लेखित मर्चेन्टद्वारा प्रदान गरिएको प्रोमो कोड पठाउने व्यवस्था छ ।
यो योजना २०७९ असार मसान्तसम्म लागू हुनेछ । अनलाइन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच बैंकले डिजिटल कारोबारलाई प्रबद्र्धन गर्नका निमित्त आकर्षक छुट व्यवस्था गरेको हो ।
बैंकले हाल मुलुकभर ३५८ शाखा कार्यालय, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टरबाट सेवा दिँदै आएको छ ।













रविलाई धरौटीमा छोड्ने जिल्ला अदालत काठमाडौंको आदेश उच्चबाट सदर
नगद तथा गरगहनासहित एक जना पक्राउ
महाकाली सन्धिका तीन दशकः भारतले नछोड्दा मूल नहरमा बगेन पानी
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया