काठमाडौँको मेयरमा १६ जनाले दिए उम्मेदवारी, गठबन्धन–एमालेको दर्ता बाँकी

काठमाडौँ । आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाको प्रमुखमा १६ जनाले उम्मेदवारी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा उपप्रमुखमा १७ जनाको उम्मेदवारी परेको छ ।
यस्तै, १३ वडाध्यक्ष र सात वडा सदस्यले समेत उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिए । प्रमुखमा स्वतन्त्रतर्फ नौ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न राजनीतिक दलका तर्फबाट सात जनाको उम्मेदवारी परेको छ । प्रमुखमा १२ पुरुष र चार महिलाले उम्मेदवारी दिएका छन् ।
ठूला राजनीतिक दलका प्रतिनिधिले मनोनयन दर्ता गराएका छैनन् । निर्वाचन आयोगले सोमबार अपराह्न ५ बजेसम्म उम्मेदवारले मनोनय गर्न सक्ने व्यवस्था गरेको छ । ठूला दलका प्रतिनिधिले सोमबार मात्र उम्मेदवारी दिने बताइएको छ ।
कामपाको प्रमुखमा राष्ट्रिय यथार्थवादी पार्टीका तर्फबाट आनन्दराज जोशी, विवेकशील साझा पार्टीबाट समीक्षा बाँस्कोटा, आधुनिक नेपाल समाजवादी पार्टीबाट सुरेशरत्न बज्राचार्य, नेपाल समावेशी पार्टीबाट रामबहादुर खड्का, मंगोल नेशनल अर्गनाइजेसनबाट सीता तामाङ, मौलिक जिरोकिलो पार्टीबाट मनोजराज आचार्य र सचेत नेपाल पार्टीबाट डिल्लीराज राजभण्डारीले उम्मेदवारी दिएका छन् ।
यस्तै स्वतन्त्र रुपमा राजन कार्की, रवीकान्त मानन्धर, बालेन्द्र शाह, ज्ञानमाला तामाङ, सुमन सायमी, अमोट महर्जन, विपिनराज वैद्य, सूर्य थापा (श्रेष्ठ) र जेठा महर्जनको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
















स्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला
गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ: अर्थमन्त्री डा वाग्ले
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
प्रतिक्रिया