शुक्रबार, चैत २०, २०८२

हेटौँडा उपमहानगरमा गठबन्धनले उम्मेदवारी दर्ता गरायो

मेरोन्यूज २०७९ वैशाख १२ गते १६:५९

हेटौँडा । हेटौँडा उपमहानगरको मेयर र उपमेयर पदको लागि सत्तारुढ गठबन्धनले उम्मेदवारी दर्ता गराएको छ । गठबन्धनको निर्णयअनुसार मेयर नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो । उपमेयर नेपाली कांग्रेसको भागमा परेको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

सोहीअनुसार मेयर पदमा नेकपा एसबाट मिनाकुमारी लामा र उपमेयरमा नेपाली कांग्रेसबाट राजेश बानियाँले उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनका उम्मेदवारहरूले र्‍यालीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तापछि लामाले निर्वाचनमा जिते हेटौंडाको सबै वडामा खानेपानी, पूर्वाधार, खेलकुद लगायतका क्षेत्रहरुलाई विशेष जोड दिने बताइन् । प्राविधिक कृषि, महिला उद्यमीहरूलाई आर्थिक रुपान्तरणसँग जोडेर काम गर्ने उनको भनाइ छ ।

उपमेयरका उम्मेदवार राजेश बानियाँले शिक्षा, स्वास्थ्य, खेलकुदमा विशेष जोड दिँदै काम गर्ने बताए ।

प्रतिक्रिया