बुधबार, माघ ७, २०८२

सिन्धुपाल्चोक चौतरामा माओवादीका दुई पक्षबीच हानाहान, प्रहरीद्वारा अश्रु ग्याँस प्रहार

मेरोन्यूज २०७९ वैशाख १२ गते १७:१४

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट टिकट पाउने र नपाउने पक्षबीच झडप भएको छ ।

उम्मेदवारी दर्ता गर्न जाने पक्ष र अर्को पक्षबीच घम्साघम्सी हुँदा स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

चौतारा माओवादी नेता अमानसिंह तामाङले स्थानीय आवश्यकताका आधारमा भन्दा पनि काठमाडौंमा बस्नेलाई टिकट दिएपछि झडप भएको प्रहरीले जनाएको छ । लामो समयसम्म झडप भएपछि प्हरीले झडप नियन्त्रण गर्न केही राउण्ड अश्रूग्याँस समेत प्रहार गरेको छ ।

प्रतिक्रिया