कास्कीका सबै पालिकामा एक हजार ४९१ जनाले दिए उम्मेदवारी

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लाका सबै पालिकाबाट प्रमुख तथा उपप्रमुखसहित सदस्यमा एक हजार ४९१ को उम्मेदवारी परेको छ ।
पाँचवटा स्थानीय तहमध्ये सबैभन्दा बढी पोखरा महानगरमा ८०६ को उम्मेदवारी छ । महानगर प्रमुखमा २८ जना र उपप्रमुखमा ११ जनाको उम्मेदवारी रहेको जिल्ला निर्वाचन कार्यलय कास्कीले जनाएको छ ।
अन्नपूर्ण गाउँपालिकामा २०६ जनाको उम्मेदवारी परेकोमा पालिका अध्यक्षमा ११ जना र उपाध्यक्षमा पाँच जना रहेका छन् । त्यस्तै, माछापुच्छ्रे गाउँपालिकामा १८७ जनाको उम्मेदवारी परेकोमा पालिकाको अध्यक्ष र उपाध्यक्षमा छ–छ जना उम्मेदवार रहेका छन् ।
मादी गाउँपालिकामा १७५ जनाको उम्मेदवारी रहेकोमा पालिकाको अध्यक्षमा पाँच र उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ भने रुपामा ११७ जनाको उम्मेदवारी परेको छ । रुपामा पालिकाको अध्यक्षमा तीन र उपाध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको कार्यालयले जनाएको छ ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
प्रतिक्रिया