पहिलो लेगमा रियलविरुद्ध सिटीलाई ४-३ को अग्रता

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको पहिलो सेमिफाइनलमा घरेलु टोली म्यानचेस्टर सिटीले रियल मड्रिडविरुद्ध ४(३ अन्तरको अग्रता लिएको छ ।
म्यानचेस्टर स्थित इतिहाद रंगशालामा भएको खेलमा दुबै टोली आक्रमणमा केन्द्रीत रहँदा पहिलो लेगमै सात गोल प्रहार भयो ।
इग्लिस प्रीमियर लिग लिडरसमेत रहेको सिटीले सुरुआत २-० को अग्रता गुमाएको थियो । खेलको पहिलो हाफमा तीन गोल हुँदा दोस्रो हाफमा चार गोल थपिए ।
सिटीको जितमा केभिन डे ब्रुयन, गाब्रीयल जेसुस, फिल फोडेन र बर्नाण्डो सिल्भाले १(१ गोल गरे ।
भ्रमणकारी स्पेनिस ला लिगा लिडर रियलको लागि करिम बेन्जेमाले एक पेनाल्टी सहितजम्मा २ गोल गरे । यस्तै भिनिसिअस जुनियरले १ गोल गरे ।
पराजित बाबजुद रियलले अवे खेलको फाइदा भने उठाएको छ । पेरिसमा हुने फाइनल पुग्न दोस्रो लेगमा सिटीलाई बराबर काफी छ भने रियललाई जितको बिकल्प छैन ।
दोस्रो लेग अब रियलको घरेलु मैदानमा ५ मेमा हुनेछ









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
आज विवाह पञ्चमी: सिता र रामको पूजा गरी मनाइँदै
प्रतिक्रिया