सशस्त्रको एआइजीमा बढुवा भएका राजु अर्यालले लगाए दर्ज्यानी चिह्न

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) पुष्पराम केसीले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा भएका राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
काठमाडौंको हल्चोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आज (बुधबार) आयोजित विशेष समारोहबीच उनलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो।
महानिरीक्षक केसीले अर्याललाई बधाई दिनुका साथै कार्य सफलताको शुभकामना पनि दिए। सोही क्रममा उनले शान्ति सुरक्षा, सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रण, विपद् उद्धारलगायत सांगठनिक जिम्मेवारीहरूमा खरो रूपमा उत्रिन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशनसमेत दिए ।
मन्त्रिपरिषद्को मंगलबार बसेको निर्णयबाट उनी एआइजीमा बढुवा भएका हुन्। २०५४ चैत १८ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गरेका राजु अर्याल २०५८ मा सशस्त्र प्रहरी बल नेपालतर्फ स्थानान्तरण भएका थिए।
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया