चितुवाको छालासहित तीन जना पक्राउ
काठमाडौं । चितुवाको छालासहित सुर्खेत प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–१० स्थित बसपार्कमा रहेको सुनिता होटेल एण्ड लजबाट एक थान चितुवाको छालासहित बुधबार दिउँसो दुई बजेतिर तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जुम्लाको सिंजा गाउँपालिका–८ का ४० वर्षीय दलबहादुर बुढा, वीरेन्द्रनगर–१४ का ४१ वर्षीय भरतबहादुर बुढा र २३ वर्षका अम्मरबहादुर थापालाई चितुवाको छालासहित पक्राउ गरिएको बताए । हो।
होटेलमा चितुवाको छालाको कारोबार भइरहेको सूचनाका आधारमा जिल्लाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूले दैलेखबाट विक्री गर्नका लागि चितुवाको छाला ल्याएको बताएका छन् । चितुवाको छाला कारोवारमा संलग्न मुख्य व्यक्ति पक्राउ परेका छैनन् । पक्राउ परेका तीनै जना भरिया रहेको उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
















सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
कांग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता (उम्मेदवारको सूचिसहित)
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया