नारायणगढको चारतले भवनमा आगलागी, राति लागेको आगो बिहान मात्र नियन्त्रणमा

चितवन । नारायणगढ कमलनगरस्थित एउटा चारतले भवनमा आगलागी हुँदा करोडौँको क्षति भएको छ ।
स्थानीय तुल्सीराम सापकोटाको चारतले घरको पहिलो तलामा विभिन्न विभिन्न व्यक्तिले संचालन गरेको इलेक्ट्रोनिक पसल, जुत्ता चप्पल र कपडाको गोदाम लगायतका सटरमा आगलागी भएको हो ।
राति २ बजेदेखि लागेको आगो चार वटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीयको सहायतमा बिहान ७ बजे मात्रै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले जानकारी दिए । भरतपुर महानगरपालिकाको एक, खैरहनी नगरपालिकाको दुई र नेपाली सेनाको एउटा दमकलले आगो निभाइएको हो ।
आगलागीबाट भएको क्षतिको यकिन विवरण नआए पनि करोडौँ रुपैयाँको क्षति भएको अनुमान गरिएको छ ।
‘फेन्सी, इलेक्ट्रोनिक, मोबाइल, जुत्ता चप्पल र कपडालगायतका करिब ८ पसलमा आगलागी भएको छ । आगलागीबाट करोडौं रुपैयाँको क्षति भएको छ’, उनले भने, ‘विद्युत सर्ट भएर आगलागी भएको हो कि भनेर अनुमान गरेका छौँ । चार तले घरको तलको दुई तलामा आगोले क्षति पु¥याएको हो ।’
चारतले घरको पहिलो तलामा सञ्चालन भएका एक्सप्रेस मोबाइल पसल, दुर्गा इलेक्ट्रोनिक पसल, श्रीकृष्ण सप्लायर्स, जुत्ता पसल, फेन्सी पसल र दियालो फेन्सी पसलमा आगलागी भएको उनले बताए ।
आगलागी भएका ६ वटा पसलका सञ्चालक सम्पर्कमा आएको उनले बताए ।

















भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य
१६५ क्षेत्रकै नतिजा सार्वजनिक, कसको कति सिट ?
आजको मौसम : दिनभर बादल लाग्ने
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया