भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले साेमबार टेलिफोन संवाद गरेका छन् । फोन संवादमा प्रधानमन्त्री मोदीले रवि–बालेनसँग न्यानो संवाद भएको प्रतिक्रिया दिएका छन् ।
आफूले दुवै नेतालाई चुनावमा रास्वपाका विजयका लागि बधाई र नयाँ सरकार गठनका लागि शुभकामना दिएको मोदीले जनाएका छन्।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग न्यानो टेलिफोन वार्ता भयो,’ मोदीले एक्समा लेखेका छन्, ‘दुवै नेताहरूलाई उहाँहरूको चुनावी विजय र नेपालको चुनावमा रास्वपाको सानदार सफलताको लागि बधाई दिएँ। आपसी समृद्धि, प्रगति र कल्याणको लागि उहाँहरूसँग काम गर्ने भारतको प्रतिबद्धता व्यक्त गरेँ।’
‘मलाई विश्वास छ– हाम्रो संयुक्त प्रयासले आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्ध नयाँ उचाइमा पुग्नेछ,’ मोदीले थपेका छन्।
यसअघि मोदीले निर्वाचन सफलतापूर्वक र शान्तिपूर्ण समापन भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका थिए।
भारतीय प्रधानमन्त्री मोदीसँग लामिछाने र बालेनले दुई देशबिचको सम्बन्धलाई अझै माथि लैजानका लागि पारस्परिक सहकार्यका विषयमा काम गर्ने बताएका छन् । उनीहरुले कनेक्टिभिटी र बाणिज्य तथा उर्जाको विषयमा मिलेर काम गर्न चाहेको पनि उल्लख गरेका छन् ।
मोदीसँग फोन संवादपछि ट्वीटरमा लामिछानेले लेखेका छन्- हामी भारतसँग कनेक्टिभिटी, सांस्कृतिक पर्यटन, उर्जा, व्यापार जस्ता विषयमा दुवै देशको हित हुनेगरी सम्बन्धलाई नयाँ उचाईमा लैजान चाहन्छौं ।
चुनावकै दिन भारतीय विदेश मन्त्रालयले शान्तिपूर्ण मतदानको स्वागत गर्दै नयाँ सरकारसँग मिलेर काम गर्ने जनाएको थियो।
नेपालका परम्परागत पार्टीहरूको भारतसँग निकट सम्बन्ध रहँदै आएको थियो। तर, यसपटकको चुनावपछि नयाँ राजनीतिक दलले प्रचण्ड बहुमत हासिल गरेको छ। यसपछि भारतसँगको सम्बन्ध नयाँ तरिकाले अगाडि बढ्नसक्ने कतिपयको आकलन छ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया