अछामको ढकारीमा चक्कु प्रहारबाट चार जना घाइते, एक जना पक्राउ

अछाम / अछाममा चक्कु प्रहारबाट चार जना घाइते भएका छन् । ढकारी गाउँपालिका-१ का मान बहादुर बुढा, हिक्मत बहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढामाथि बुधबार राति चक्कु प्रहार भएकाे हाे ।
स्थानीय तपेन्द्र बुढा लगायत १० जनाको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे जिल्ला प्रहरीले कार्यालय अछामले जनाएको छ ।
स्थानीयको बिहे भोजमा मदिरा सेवनपछि दुई समूहबीच ढुंगा हानहानको भएकाे थियाे । यही अवस्थामा तपेन्द्र बुढाको समूहले
चक्कु प्रहार गरेको प्रहरीको भनाइछ । तपेन्द्र प्रहरी नियन्त्रणमा छन्। अन्य फरार रहेका छन् ।
चक्कु प्रहार गरी घाइते भएकाहरुकाे स्वास्थ्य चौकी ढकारीमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल लगिएकाे छ । मानबहादुरकाे टाउको र ढाडमा चोट लागेकाे छ भने हिक्मतबहादुर टाउको र हातखुट्टामा चोट लागेकाे छ ।
उनीहरुकाे अवस्था गम्भीर छ ।तुलसी बुढाकाे टाउकोमा र खगेन्द्र बुढाको हात-खुट्टामा चोट लागेकाे छ । उनीहरुकाे अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया