केशव स्थापितको गेम इज ओभर : प्रवक्ता महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले काठमाडौँ महानगरमा एमालेबाट उम्मेदवार बनेका केशव स्थापितको ‘गेम इज ओभर’ भएको बताएका छन् ।
काठमाडौँ महानगरमा गठबन्धनको तर्फबाट मेयरको उम्मेदवारी दिएकी कांग्रेस नेतृ सिर्जना सिंहको प्रतिबद्धता सार्वजनिक कार्यक्रममा बोल्दै महतले स्थापितको हार निश्चित भएको बताएका हुन् ।
‘स्थापित जी नोमिनेसन गरेर निस्किँदा मैले सुन्दै थिएँ, गेम इज ओभर रे, म भन्छु, उहाँको गेम इज ओभर, अब बागमतीमा धेरै पानी बगिसकेको छ, फेरि फर्केर आउने सपना नदेखे हुन्छ,’ महतले भने ।
एमाले अध्यक्ष केपी शर्मा ओली र स्थापितलाई लक्षित गरेर उनले राजनीतिलाई मनोरञ्जनको साधन नबनाउन आग्रह गरे । काठमाडौं महानगर कांग्रेसले जित्नु भनेको ५० वटा अरु नगरपालिका जिते बराबर हुने उनले बताए ।
सिर्जना सिंहलाई मत दिएर जिताउन आग्रह गर्दै उनले भने, ‘अरुले कुरा गर्ने तर, नेपाली कांग्रेसले काम गर्छन्, त्यसैले काम गर्ने पार्टीलाई निर्वाचित गर्ने समय आएको छ ।’
















सुशासन र पारदर्शितामा सांसदहरूको जोड
शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ
इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल–अमेरिकासँगको सम्बन्ध आरोप
मन्त्रिपरिषद् बैठक सुरु
धनुषामा स्नातकोत्तर सम्मेलन सुरु
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
प्रतिक्रिया