बुधबार, माघ ७, २०८२

ट्राफिक जरिवाना क्यूआर कोर्डमार्फत तिर्न सकिने

मेरोन्यूज २०७९ वैशाख १६ गते १०:३०

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक जरिवना क्यूआर कोर्डमार्फत तिर्न सकिने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने चालकको सहजताका लागि ‘क्यूआर स्क्यान पे फाइन एन्ड विथड डकुमेन्ट’ सुविधाको थालनी गरेको हो ।

कुमारी बैंक लिमिटेडको सहकार्यमा बिहीबारदेखि सुरु गरिएको उक्त सेवाको कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र बैंकका डिजिटल प्रमुख अनिश ताम्राकारले संयुक्त रूपमा शुभारम्भ गरे ।
उक्त सेवा प्रारम्भ भएसँगै जरिवाना रकम तिर्न बैंक खोज्न भौँतारिनुपर्ने वा नगद पैसा बोकेर बैंकमा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने कार्यालय प्रमुख जोशीले बताए । उनले ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा नयाँ–नयाँ प्रविधिको उच्चतम प्रयोगलाई बढाउँदै लगेकाले आम सडक प्रयोगकर्तालाई थप सहज, सरल, छिटो र भरपर्दो भएको उल्लेख गरे ।
कुमारी बैंकका डिजिटल बैंकिङ प्रमुख ताम्राकारले उक्त व्यवस्थाबाट नागरिकलाई थप सुविधा भएको र आगामी दिनमा अझ सुलभ तथा उत्कृष्ट सेवाका लागि ट्राफिक प्रहरीसँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । रासस

प्रतिक्रिया