लागू औषधसहित युवक पक्राउ
मेरोन्यूज
२०७९ वैशाख १६ गते १८:३१
काठमाडौँ । सप्तरीमा लागू औषधसहित बिहीबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी बोदेबर्साइन नगरपालिका ९ देउरीका १९ वर्षीय शंकर यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएका प्रहरीले लागू औषध घरमा बेच्ने उद्देश्यले भण्डारण गरी राखेको अवस्थामा गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
यादवको साथबाट नाइट्राभेट १० लेखिएको ट्याबलेट एक हजार २५० पिस, डाइजेपाम इन्जेक्सन ७५० एम्पुल, फेनेरागन ७५० एम्पुल, नुफिन इन्जेक्सन ७५० एम्पुल फेला परेको छ ।
उनीमाथि लागू औषध कारोबार सम्बन्धित मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतबाट म्याद थप गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रवक्ता काफ्लेले बताए ।
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया