हात्तीको आक्रमणमा परी महिलाको मृत्यु
मेरोन्यूज
२०७९ वैशाख १६ गते २०:३०
काठमाडौँ । सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँपालिकामा आज हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । हात्तीले अग्नीसाइर कृष्णसवरन गाउँपालिका १ स्थित कैली खोला नजिक आक्रमण गर्दा अग्नीसाइर कृष्णसवरन गाउँपालिका ६ की ५३ वर्षीय कृष्णमाया नेपालीको मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरीका रेञ्जर लक्ष्मण साफीले बताए ।
दाउरा काट्न गएकी नेपालीलाई कोशी टप्पु वन्य जन्तु आरक्षबाट आएको हात्तीले आक्रमण गरेको गाउँलेले बताएका छन् । घाँस काट्दै गरेकी उनकी साथी भागेर ज्यान जोगाएकी र दाउरा काटिरहेकी कैली भाग्न नसक्दा हात्तीले कुल्चेर मृत्यु भएको स्थानीय बाबुराम बस्नेतले जानकारी दिए ।
मोहनपुरस्थित सुकुम्वासी टोलमा बसोबास गर्ने सुकुम्वासी कैलीका श्रीमान्, छोरा र बुहारी छन् । शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ ।
सम्बन्धित
















कांग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
चितवनमा मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु
आजका लागि कृषिउपजको थोक मूल्य: काउलीको मूल्य घट्यो
कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
प्रतिक्रिया