सशस्त्र प्रहरीमा ३२ वर्षीय सेवा अवधिको ‘च्याप्टर क्लोज’ !

काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ)ले अतिरिक्त महानिरीक्षकको (एआईजी) बढुवाका लागि आवेदन माग गरेसँगै ३२ वर्षीय सेवा अवधि लम्बाउने ‘च्याप्टर क्लोज’ भएको छ ।
शुक्रबार सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) पुष्पराम केसीले वैशाख १९ गतेपछि रिक्त हुने दुई एआईजी पदमा बढुवाका लागि सूचना जारी गरेका छन् । योसँगै आईजीपीको ३२ वर्षीय सेवा अवधि बनाउने ‘च्याप्टर क्लोज’ भएको हो ।
केसी आईजीपी भएपछि सशस्त्र प्रहरी बल नेपालको नियमावली २०७२ सच्याएर सेवा अवधि बढाउने चलखेल शुरु भएको थियो । उनले नियमावली ६५ को १ को ‘क’लाई सच्याएर दुई वर्ष थप्ने खेल शुरु गरेका थिए ।
सशस्त्र प्रहरी बलमा २१ दिनका लागि आईजीपी भएका उनले त्यसका लागि पहल गरिरहेका थिए । तर, चौतर्फी विरोध हुने देखिएपछि उनी आफ्नो योजनाबाट पछि हटेका हुन ।
एमालेका उपमहासचिव विष्णु रिमाल नजिक रहेका उनी पछिल्लो केही दिनदेखि नुवाकोटका कांग्रेस नेताहरूको साथमा ३२ वर्षे सेवा अवधिका लागि चलखेल गरेका थिए ।
यो पनि पढ्नुहोस्
सशस्त्रमा सेवा अवधि ३२ वर्षे बनाउने चलखेल !
सशस्त्रको सेवा अवधि नबढ्ने संकेत : गृहमन्त्री खाँणलाई ढाँटे कर्णालीका डीआईजीले
















कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
प्रतिक्रिया