सशस्त्रको सेवा अवधि नबढ्ने संकेत : गृहमन्त्री खाँणलाई ढाँटे कर्णालीका डीआईजीले

काठमाडौँ । यही वैशाख १९ गते ३० वर्षे सेवा अवधिले अनिवार्य अवकाशमा जान लागेका आईजीपीले पुष्पराम केसीले सेवा अवधि बढाउने चलखेल अघि नबढ्ने संकेत देखिएको छ । निर्वाचनको सम्मुखमा सरकारले सुरक्षा निकायमा विवादित निर्णय गर्न नसक्ने जनाएपछि उनको चलखेल रोकिएको स्रोतले जनाएको छ ।
सशस्त्र प्रहरी बलका २१ दिने आईजीपी केसीले कार्यकाल बढाउन नियमावली नै परिवर्तन गर्ने चलखेलमा लागेका थिए । उनको सहयोगीका रुपमा चैत २७ मा डीआईजी अभि खत्री काठमाडौँमा आएका थिए । उनै डीआईजी खत्रीले केही ठेकेदारसँगको मिलेमतोमा सेवा अवधि बढाउने र हाल एआईजीका लागि तयारी अवस्था रहेका डीआईजीले समेत सरकारका अधिकारीलाई गुनासो गरेपछि रोकिने संकेत देखिएको हो ।
आईजीपी केसीले सहकर्मी एआईजी रामशरण पौडेललाई समेत थाहा नदिई सो खेलमा लागेको थाहा पाएपछि उनी अहिले कार्यालयमा आउनसमेत छाडेका छन् । ‘लामो समय आर्थिक प्रशासनमा काम गरेको बद्नाम एक जना डीआईजीलाई साथमा लिएर नियमावली परिवर्तनमा लागे जुन प्रत्युत्पाद भयो,’ सशस्त्र प्रहरी बल मुख्यालय स्रोतले भन्यो ।
स्रोतका अनुसार डीआईजी खत्रीले आईजीपी केसीलाई साथ दिएका हुन् । खत्री आफै बद्नाम डीआईजी हुन् । त्यति मात्र नभई शनिबार गृहमन्त्री बालकृष्ण खाँणले सम्पर्क गर्दा उनी आफू कर्णालीमा भएको बताएका थिए । जबकी उनी चैत २७ देखि काठमाडौँमै रहँदै आएको स्रोतले बतायो ।
शनिबार गृहमन्त्री खाँणले प्रदेश स्तरीय सुरक्षा अवस्थाका जानकारी लिन डीआईजी खत्रीलाई सम्र्पक गरेका थिए । तर, उनले आफू कर्णालीमा रहेको जानकारी दिएर ढाँटेका हुन् ।
सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक केसीले उनै डीआईजी खत्रीलाई साथ लिएर नियमावली २०७२ परिवर्तन गर्न शक्ति केन्द्र धाउन थालेका थिए । २१ दिनका लागि आईजीपी भएका केसीले सशस्त्र प्रहरी नियमावली ६५ को १ को ‘क’लाई सच्याएर २ वर्ष थप्ने खेल शुरु गरेका थिए । उनको अवकाश हुन अब ९ दिन मात्रै बाँकी छ । ९ दिनभित्रै नियमावली परिवर्तन गरेर आफू थप २ वर्ष आईजीपी हुने चलखेलमा लागेका हुन् ।
तत्कालीन केपी शर्मा ओलीको सरकारमा एमालेका उपमहासचिव विष्णु रिमालको सहयोगले आईजीपी शैलेन्द्र खनाललाई हटाउने प्रयासमा लागेका केसी त्यतिबेला असफल भएका थिए । भारतीय गुप्तचर विभागका रअका अधिकारीसँग बाक्लो उठबस भएका केसीले त्यतिबेला रिमालमार्फत आईजीपी हटाउने प्रयास गरेका थिए ।
रिमालसँग नजिक भएका केसीले चार वर्षसम्म नुवाकोटका कांग्रेस नेतालाई बिर्सेका थिए । तर, उनी आईजीपी हुनेबित्तिकै नुवाकोटका नेताहरूका फेर समातेर नियमावली परिवर्तन गर्ने चलखेलमा लागेका हुन् ।
‘चार वर्ष एमाले नेताको फेर समातेर बसे, अहिले उनी कांग्रेस पार्टीको कार्यकर्ता जस्तै भएका छन्,’ स्रोतले भन्यो । स्रोतका अनुसार ३० वर्षे सेवा अवधि हटाएर चार वर्षे सेवा अवधि बनाएमा उनले शक्ति केन्द्रलाई ठूलो रकम प्रस्ताव गरिसकेका छन् ।
‘विगतमा आर्थिक प्रशासनमा बसेका डीआईजी खत्री र केही व्यक्तिले गृह मन्त्रालयका अधिकारी र कांग्रेसको उपल्लो तहको नेतृत्वलाई ठूलै रकम प्रस्ताव गरेका छन्’, स्रोतले भन्यो ।
आईजीपी केसीले आफ्नो कार्यकाल लम्ब्याउन तीन दिनयता नुवाकोटका कांग्रेस नेताहरूमार्फत नियमावली परिवर्तन गर्ने कोशिसमा लागेको र आर्थिक प्रस्तावसमेत गरेको स्रोतले जनाएको छ ।
भारतीय गुप्तचर विभागका रअका अधिकारीसँग बाक्लो उठबस भएका केसीले त्यतिबेला रिमालमार्फत आईजीपी हटाउने प्रयास गरेका थिए ।
याे पनि:-
सशस्त्रमा सेवा अवधि ३२ वर्षे बनाउने चलखेल !
















अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै
‘Operation Safety’ over the night: Five gangsters arrested; 18 held from airport
५० प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन
फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
कलाकार सागर लम्साल (बले) पक्राउ
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया