मंगलबार, माघ ६, २०८२

सशस्त्रमा सेवा अवधि ३२ वर्षे बनाउने चलखेल !

मेरोन्यूज २०७९ वैशाख ८ गते २१:५७

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालको नियमावली २०७२ सच्याएर सेवा अवधि बढाउने चलखेल शुरु भएको छ । नियमावली ६५ को १ को ‘क’लाई सच्याएर दुई वर्ष थप्ने खेल शुरु भएको हो ।

Advertisement
thakur moters insidethakur moters inside

सशस्त्र प्रहरी बलमा २१ दिनका लागि आईजीपी भएका पुष्पराम केसीले त्यसका लागि पहल गरिरहेको स्रोतको दाबी छ । एमालेका उपमहासचिव विष्णु रिमाल नजिक रहेका आईजीपी केसीले पछिल्लो केही दिनदेखि नुवाकोटका कांग्रेस नेताहरूको साथमा ३२ वर्षे सेवा अवधिका लागि पहल गरेका हुन् ।

उनले ३२ वर्षे सेवा अवधि बढाउँदा अझै दुई वर्ष आईजीपी हुने चाहाना राखेको स्रोतको दाबी छ । ‘गृह मन्त्रालयलबाट मौखिक सहमतिका लागि अर्थ मन्त्रालयका सचिवसँग सोधिएको थियो, तर अर्थले सहमति दिन अवस्था बनेको छैन, राज्य आर्थिक संकटमा परेका बेला प्रहरी सेवालाई ३२ वर्षे बनाएर झन आर्थिक बोझ बनाउने तहमा छैन भन्ने जवाफ गएको छ’, अर्थमन्त्रालय स्रोतले भन्यो ।

३२ वर्षे सेवा अवधि बढाएमा समग्र सुरक्षा फौजमा असर पर्ने भएकाले त्यसलाई नबढाउन सशस्त्र प्रहरीका अधिकारीले मन्त्रालयमा आग्रह गरेका छन् । त्यसैगरी जसमा नियमावलीको नियम ३८ मा रहेको बढुवामा उपनियम २ मा बढुवा समितिले यस नियमबमोजिम हुने गरि बढुवाको सूचना प्रकाशन गर्नु पर्ने छ भनिएको छ ।

तर, उक्त नियम आवश्यक नभएको भन्दै नियम ३८ को उपनियम २ झिकेर नियमावली संशोधन भइसकेको छ ।
त्यसै गरी नियम ४० मा बढुवाको लागि उम्मेदवार हुन चाहिने सेवा अवधि उल्लेख गरिएको छ ।

जसमा उपनियम १ मा सशस्त्र प्रहरी सेवामा बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तहभन्दा एक श्रेणी वा तह मुनिको पदमा चार वर्ष सेवा अवधि पूरा भएको हुनु पर्ने व्यहोरालाई संशोधन गर्न नियम ४० को उपनियम १ (क) सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई तीन वर्षको नियम लगाइसकिएको छ ।

नियम ६५ मा रहेको अनिवार्य अवकासको उपनियम ५ पछि उपनियम ६ थपिएको छ । उपनियममा सशस्त्र प्रहरी सेवामा बहाल रहेको सशस्त्र प्रहरी कर्मचारीले उपनियम १ को खण्ड क बमोजिम सेवा अवधि नहुँदै उपनियम १ को खण्ड ग बमोजिमको कारणबाट अनिवार्य अवकास प्राप्त गरेमा सोही उपनियमको खण्ड (ग) बमोजिम अवकास हुन बाँकी उमेर अवधिसमेत निजले गरेको नोकरी अवधिमा थप गरी निजले पाउने निवृत्तिभरणको हिसाब गरिने भनेर संशोधन गरिसकेएको छ ।

प्रतिक्रिया