स्थानीय तह निर्वाचन
जनताको घरघरमा उम्मेदवार !

मङ्गलबारे । सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । उम्मेदवारले आफ्नो मनोनयनसमेत दर्ता गराइसकेका छन् । निर्वाचन कार्यालयले उम्मेदवारको अन्तिम नामावलीसमेत प्रकाशित गरिसकेको छ । केही ठाउँमा दुई वा दुईभन्दा बढी उम्मेदवारको मनोनयन पत्र दर्ता नभएपछि केही उम्मेदवार निर्वाचितसमेत बनी सकेको छ ।
पछिल्लो समय उम्मेदवार र राजनीतिक दलका प्रतिनिधि जनताको घरघरमा मत माग्न व्यस्त छन् । जिल्लामा १७ वटा निर्वाचन कार्यालयमा दर्ता भएका दलले चुनाव लड्न पाउने छन् । वडा र पालिकामा जनप्रतिनिधि चुन्नका लागि यहाँका मतदातासमेत लालायित भएका छन् ।
यसअघिका निर्वाचनमा भन्दा मतदातासमेत यस पटकको चुनावमा आफूलाई नयाँ के हुन्छ भनेर सोध्नसमेत थालेका छन् । विकास निर्माणका काम निकै कम भएको यसअघि पनि यस्तै हुन्छ कि नयाँ केही काम गरेर देखाउने योजना छन भन्ने प्रश्न उम्मेदवारसँग मतदाताले गरेका छन् ।
पार्टीप्रति आस्था राख्ने एकथरी युवा तथा मतदाता आफूले समर्थन गरेको दललाई नै अघि सारेर हिँडे पनि धेरै मतदाता राम्रा उम्मेदवार छान्न लाग्ने बताउँदै आएका छन् । इलाम नगरपालिका–२ सुम्बेकका किशोर खतिवडा यस पटक पहिलो चोटी मतदान गर्दै छन् । उनले हाम्रालाई भन्दा पनि राम्रा उम्मेदवारलाई जिताउने अठोट लिएका छन् ।
जितेर गाउँघर नपुगेका जनप्रतिनिधिदेखि नयाँ अनुहारसहित जनताको घरआँगनमा विभिन्न आश्वासनसहित पुग्न थालेको मतदाताको भनाइ छ । यसअघिका चुनावमा नेताले धेरै आश्वासन देखाए पनि दिएका धेरै आश्वासन पूरा हुन सकेनन् । जनताले अब भने पूरा गर्नसक्ने खालका घोषणापत्र मात्र निर्माण गर्न राजनीतिक दल तथा उम्मेदवारलाई आग्रह गर्दै आएका छन् । जिल्लामा पालिकास्तरका घोषणापत्र सार्वजनिक हुन थालिसकेका छन् ।
राजनीतिक दल तथा प्रशासनले समेत जनतालाई ढुक्क भएर मतदानको व्यवस्था मिलाउन लागि परेका छन् । जिल्लामा दुई लाख २४ हजार ७४८ मतदाता रहेका छन् । जसमा एक लाख १५ हजार ७५४ पुरुष र एक लाख नौ हजार १९२ जना महिला मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालले जानकारी दिएको छ । जिल्लामा १५१ मतदानस्थल र २८५ मतदान केन्द्र रहेका छन् ।
















यस्तो छ आको विदेशी मुद्राको विनिमयदर
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
प्रधानमन्त्री बालेनले आज संसदमा महिला आयोगको प्रतिवेदन पेस गर्दै
आजको मौसम : कतै वर्षा, कतै हुरी !
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया