स्वतन्त्र उम्मेदवारलाई ४० प्रकारको चिह्नमध्येबाट निर्वाचन चिह्न दिने आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेकाहरूलाई ४० प्रकारका चिह्नमध्येबाटै निर्वाचन चिह्न दिने तयारी गरेको छ ।
देशभर १२ हजार ७८९ जना स्वतन्त्र उम्मेदवार छन् । उनीहरूलाई आयोगले निर्वाचन चिह्न आज दिने भएको हो ।
४० प्रकारका निर्वाचन चिह्नहरूमा बिरालो, अर्ना, बँदेल, भ्यागुतो, चिल, केरा, गुलाब, खसीको टाउको, जेब्रा, भुइँकटहर, काग, भालु, कङ्गारु, हाँस, आँप , लाल्टिन, घन्टाघर, मुढा, प्रेसर कुकर, ग्याँस सिलिण्डर, गरगहना, चोलो, फ्रक, चुलेसी, धारो, टायर, रिक्सालगायत छन् ।
आयोगगले स्थानीय तह निर्वाचन निर्देशिकाको अनुसूची २७ मा स्वतन्त्र निर्वाचन चिह्नहरूको सूची राखेको छ । तर, स्वतन्त्र उम्मेदवारलाई भने निर्वाचन चिह्न छान्ने सुविधा भने नभएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
६ वटा राष्ट्रिय दलले भने आफ्नै निर्वाचन चिह्न प्राप्त गर्नेछन् । ती दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी हुन् ।
राष्ट्रिय मान्यता प्राप्त दलले दलकै चिह्न पाउने व्यवसथा स्थानीय तह निर्वाचन निर्देशिकामा उल्लेख छ ।
राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राप्रपा, विवेकशील साझा पार्टीलगायत २३ दलले पनि आफ्नै निर्वाचन चिह्न पाउने आयोगले जनाएको छ ।
समानुपातिक प्रणालीतर्फ यसअघि सहभागी नभएका दलसँगै राप्रपा नेपाल, जनमत पार्टीसहितका ४० वटा दलले पनि दलकै चिह्न पाउने भएका छन् ।















11 more bodies found after deadly ferry accident in S. Philippines
1,246 polling stations in Madhesh Province categorized as highly sensitive
कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु
कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिश
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
प्रतिक्रिया